Author Archive

प्रदेश अस्पतालले प्रदान गर्ने सेवाको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम

प्रदेश अस्पताल बेसीशहर लमजुङको सार्वजनिक सुनुवाई विहीबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले कृष्णप्रसाद खनाल, वडा नं ९ का वडाध्यक्ष पवित्रा थापा मगर, अस्पतालका निवर्तमान अध्यक्ष हरिजगं तामााङले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अस्पतालका मेसु डा. शिशिर देवकोटाले अस्पतालकोे आयव्यय र अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहका बारेमा रिर्पाेट प्रस्तुत गर्नुभएको थियो ।… पुरा पढौ

एसईईको उत्तरपुस्तिका परीक्षा सेन्टरमै ३ दिनभित्र परीक्षण गरिने

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३ दिनभित्रै देशभरका परीक्षा केन्द्रमा एसईई उत्तरपुस्तिका परीक्षण गराउने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए । ‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने । उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने… पुरा पढौ

पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा अदालतको अनुमति

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आइतबार विहान पक्राउ परेका खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी… पुरा पढौ

पक्राउ परेका ओली र लेखकलाई ५ दिन थुनामा राख्न अनुमति

शनिबार विहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति दिएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री… पुरा पढौ

पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनक अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति… पुरा पढौ

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरेको हो भने सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५ः४० मा पक्राउ गरेको हो । नयाँ सरकार गठन भएपछि, मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो। आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी प्रदर्शनको घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। पूर्व गृहमन्त्री रमेश लेखक शुक्रबार नयाँ सरकार… पुरा पढौ

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृहमन्त्री बनेका छन्।१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग… पुरा पढौ

प्रदेश अस्पतालमा डायलसिस सेवा लिने महिला भन्दा पुरुषको संख्या दोब्बर

२५ वर्षकी कल्पना सुनार प्रदेश अस्पताल लमजुङको हेमोडायलासिस कक्ष बाहिर बसिरहनुभएको थियो । उहाँको घर तनहुँको भानु ११ मा पर्छ । उहाको बुवालाई विगत २ वर्ष देखि मृगौलाको समस्या देखियो र अहिले उहाँ आफ्नो बुवाको डायलासिस गर्नको लागि प्रदेश अस्पताल लमजुङ आउनुभएको हो । विगत २ महिना देखि उहाँले आफ्नो बुवाको डायलासिस गर्न बेसीशहर धाउने गरेको बताउनुभयो । त्यो भन्दा अघि बुवाका उपचारको लागि उहाँले तनुहँको दमौलीमा कोठा भाडामा लिएर बसेको बताउनुभयो । अहिले लमजुङ अस्पतालमा डायलासिसको पालो पाएपछि निकै… पुरा पढौ

पत्रकारलाई एआई प्रयोगबारे क्षमता अभिवृद्धि तालिम

लमजुङको बेसीशहरमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको आयोजनामा कार्यक्रमको गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार बिमला भण्डारीले शुक्रबार उद्घाटन गर्नुभयको थियो । तालिममा एआईको प्रयोगमार्फत समाचार लेखन, तथ्य जाँच (फ्याक्ट चेक), सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा देखिएका नयाँ प्रविधिहरूबारे जानकारी गराउनुका साथै एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिकता, विश्वसनीयता र जोखिमका पक्षबारे समेत छलफल गरिएको थियो। तालिमले पत्रकारहरूलाई प्रविधिसँग अद्यावधिक हुन तथा डिजिटल युगमा प्रतिस्पर्धी बन्न… पुरा पढौ

सुन्दरबजारमा सरसफाई सम्बन्धी सामग्री वितरण

स्टे अप र स्केल अप परियोजना अन्तर्गत नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं. ४ मा आयोजना गरिएको हो । पाउँदी अन्तर आमा समूहकी अध्यक्ष साबित्रा नौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुल ६० जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मनोबिमर्शदाता शोभा ठकुरीको नेतृत्वमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। मेडिकल अधिकृत डाक्टर विवेक पौडेलले नसर्ने रोगका कारण, लक्षण तथा रोकथामका उपायबारे… पुरा पढौ