बाल दिवश आयोे भन्छन् जताततै हल्लीखल्ली
प्याष्टिक र सिसा बोतल खोज्दै छु म गल्ली गल्ली
जुटको बोरा साथी मेरो, ओच्छ्यान सडकपेटी
बालधिकार दिनुपर्छ भन्छन् नेता ताली ठोकी ।
हिड्दै छु म फोहर थुप्रो भोको पेट खाली
स्वास्थ्य, शिक्षा दिनुपर्छ भन्ने गर्छन् जाली
न त मलार्ई दया, माया न त शिक्षा दिन्छन्
हाम्रो नाम विकाउँदै डलर खेती गर्छन् ।
बाल दिवश मनाउँन हिड्यो जुलुस ताँती
भाषण मात्रै ठूला ठूला भेट्दा भन्छन् खाते
त्यै भएर बाल दिवश अर्थ मनाउनुको
बालधिकार हनन् नहोस् भन्ने बनाउनु हो ।