समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

-


     नयाँ दीप    
     भाद्र ३० गते २०८० मा प्रकाशित


लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो ।

शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो ।

अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ र राजकुमार घिमिरेको उमेद्वारी परेको छ भने उपाध्यक्षका लागि खुशीजगं गुरुङ र केशबहादुर राना र कोषाध्यक्षको लागि प्रकाश घले र श्रीजगं गुरुङको उमेद्वारी परेको क्लवले जनाएको छ । त्यस्तै सचिव पदको लागि कुनै पनि उमेदवारी नपरेको बताइको छ । मुख्य पदाधिकारीको पदमा नै कुरा नमिले पछि बाँकी छलफललाई पछि सारिएको हो ।

यता तीज पर्व नजिकिएको भन्दै युवा क्लवको कार्य समिति छनोट गर्ने कार्यलाई तीज पछि गरिने सल्लाह भएको सहजिकरण समितिका संयोजक विश्व पौडेलले बताउनुभयो ।

१२ औं अधिवेसनको अवसरमा २०७९ सालमा आयोजना गरिएको त्रिवेणी कपको लागि आर्थिक सहयोग गर्ने १ सय २७ जनालाई क्लवले सम्मान समेत गरेको छ । क्लवको हाल विभिन्न बैकहरुमा गरी ३४ लाख ५२ हजार बैंक व्यालेन्स रहेको र निकट भविष्यमा नै जग्गा खरिद गरी क्लवको आफ्नै भवन बनाउने योजना भै रहेको निवर्तमान अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

क्लवले हरेक वर्ष आयोजना गर्ने चर्चित त्रिवेणी कप फुटवल प्रतियोगितामा जिल्ला देखि देशविदेशका खेलाडी समेत सहभागी हुने गर्छन् । त्रिवेणी युवा क्लव २०४९ सालमा स्थापना भएको थियो ।