Author Archive

बेसीशहर ३ बालमैत्री वडा घोषणा

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ३ लाई बिहीबार औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । “बालअधिकार सुनिश्चितता, गौरवपूर्ण स्वाभिमान, बालमैत्री वडा कार्यान्वयन दीर्घकालीन अभियान” भन्ने मूल नारासहित आयोजित एक समारोहका विच घोषणा गरिएको हो । वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल रहुनुभएको थियो । बालबालिका सबन्धी ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । प्रमुख अतिथि अर्यालले वडाध्यक्ष दनाईलाई सम्पूर्ण प्रकृया पूरा गरेको… पुरा पढौ

बिमिरे भञ्ज्याङको पहिरोले यात्रु सास्तीमा, वैकल्पिक सडक निर्माणको माग

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–१० मा पर्ने बिमिरे भञ्ज्याङ क्षेत्रमा लगातार खसिरहेको पहिरोका कारण यात्रु र स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ। सामान्य वर्षा हुनासाथ माथिबाट पहिरो खस्ने समस्याले गर्दा यो सडक खण्ड अत्यन्त जोखिमपूर्ण बनेको हो। सडकमा पहिरो थुप्रिँदा करापुटार, भोर्लेटार तथा पर्यटकीय नगरी पोखरा लगायतका गन्तव्यतर्फ आवतजावत गर्ने यातायातका साधन र यात्रुहरू घन्टौंसम्म बाटोमै रोकिनुपर्ने बाध्यता रहेको छ। वर्षायाम सुरु भएसँगै समस्या झन् बढ्दै गएको स्थानीयले बताएका छन्।स्थानीयका अनुसार बिमिरे भञ्ज्याङ क्षेत्रको भूगोल कमजोर भएका कारण हल्का… पुरा पढौ

टेलिमेडिसिन सेवाबाट क्होलासोथरमा सफल सुत्केरी

एआइ बाट तयार फोटो प्रदेश अस्पताल बेसीसहर, लमजुङले सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । शुक्रबार क्होलासोथर गाउँपालिकास्थित एक गर्भवती महिलाको सफल सुत्केरी गराउन अस्पताल सफल भएको हो । बिहीबार बेलुकादेखि नै सुत्केरी व्यथा लागेकी ती महिलाको लामो समयसम्म सुत्केरी हुन नसकेपछि स्थानीय स्वास्थ्यकर्मीले प्रदेश अस्पताल बेंसीसहरमा सम्पर्क गरेका थिए । शुक्रबार बिहान ड्युटी सकेर खाना खाँदै गरेकी स्त्रीरोग विशेषज्ञ डा. सचिता चापागाईलाई स्वास्थ्यकर्मीले भिडियोमार्फत अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि डा. चापागाईले टेलिमेडिसिनमार्फत आवश्यक निर्देशन दिँदै… पुरा पढौ

लमजुङमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन स्थानीय तह सक्रिय

लमजुङका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना हटाउन अभियान थालेका छन् । बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका हुन् । बेंसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सार्वजनिक जग्गामा बनाइएका संरचना ३५ दिनभित्र हटाउन चेतावनी दिएको छ । अटेर गरे नगरपालिकाले डोजर लगाएर हटाउने र खर्चसमेत सम्बन्धित पक्षबाट असुल गर्ने जनाएको छ । सुन्दरबजार नगरपालिकाले सार्वजनिक, ऐलानी, पर्ती तथा खोला–नदी क्षेत्र संरक्षणका लागि सुझाव तथा… पुरा पढौ

लमजुङका किसानहरुलाई अलैंचीबाट २४ करोड आम्दानी

लमजुङका अलैंची किसानले अलैंची बेचेर जिल्लामा करोडौं रुपैँया भित्राएका छन् । यो वर्षको अलैंची बेचेर किसानहरुले २४ करोड रुपैँया कमाउन सफल भएका हुन् । जिल्लाभर १ लाख ९ हजार ९० केजी अलैंची उत्पादन भएको थियो । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची भदौ असोजमा टिप्ने गरिन्छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं ७ छिनखोला, वडा नं ५ बाहुनडाँडा, सन्जापु, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा अलैंचीका मुख्य पकेट क्षेत्र हुन् । जिल्लामा डम्बरशाही, जिर्मले र साउने जातको… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू

गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इ एम आर ) प्रणाली कार्यान्वयनमा आएको छ । महामारी कोष परियोजना अन्तर्गत विश्व स्वास्थ्य संगठन को प्राविधिक तथा आर्थिक सहयोगमा उक्त प्रणाली सुरु गरिएको हो । प्रदेश अस्पताल लमजुङ गण्डकी प्रदेश अन्तर्गत प्रणाली लागू गर्ने सातौं अस्पताल बनेको छ । अस्पतालमा डिजिटल प्रणाली लागू भएसँगै अब बिरामीहरूले ल्याब रिपोर्ट, एक्स–रे तथा अन्य चिकित्सकीय रेकर्ड कागजमा बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य भएको अस्पतालले जनाएको छ । इ.एम.आर प्रणालीमार्फत बिरामीको सम्पूर्ण… पुरा पढौ

नगरपालिका भित्रका सार्वजनिक जग्गा खाली गर्न निर्देशन, अटेर गरे संरचना भत्काएर खर्च असुल गरिने

लमजुङको बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा वा अन्य भौतिक संरचनाहरू ३५ दिनभित्र आफैं हटाउन निर्देशन दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ ले दिएको अधिकार र नेपाल सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीको बुँदा ९२ को कार्यान्वयनका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाद्वारा प्रकाशित सूचना अनुसार नगर क्षेत्रभित्रका बाटो, कुलो,… पुरा पढौ

कमला प्रा.वि.का विद्यार्थीलाई कपडा तथा शैक्षिक सामग्री वितरण

पूर्व राष्ट्रसेवक तथा नागरिक संघको आयोजनामा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित कमला प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत २० जना बालबालिकाहरुलाई एक एक सेट विद्यालाय पोषाक, २५ दर्जन कापी, कलम गरेर ४२ हजार बराबरको सामाग्री वितरण गरिएको हो । पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल “प्रविन” को प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव सुन्दर शर्मा पौडेल, केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कडेल, लमजुङ जिल्ला इन्चार्ज धुर्व रावल, कास्की जिल्ला प्रथम उपाध्यक्ष प्रेमकुमार… पुरा पढौ

मध्यनेपालमा ‘रैथाने हाटबजार’ आयोजना

लमजुङको मध्यनेपाल नगरपालिका–८, करापुटारमा रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मध्यनेपाल रैथाने हाटबजार’ आयोजना गरिएको छ। “प्रत्येक किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गरौं” भन्ने नारासहित आयोजना गरिएको हाटबजार २०८३ साल जेठ ६ गते देखि सञ्चालन गरिएको हो। हाटबजार दुईपिप्लेमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। हाटबजारको उद्घाटन मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवद्र्धनले किसानको आयआर्जन… पुरा पढौ

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

फोटो एआइ बाट निर्माण लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शुक्रबार बिहान बेसीशहर नगरपालिका ११ रामचोक बेसीस्थित उदिपुरबाट रामचोक बेसीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलले पैदलयात्री ७४ वर्षीया महनीदी सेढाईलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी सेढाईलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय बिकेश तामाङ घुँडा तथा छातीमा भित्री चोट… पुरा पढौ