लमजुङको बेसीसहर नगरपालिका–११ तिलाहार ुमा रहेको ज्येष्ठ नागरिक सङ्घ समिति दिवा सेवा केन्द्रले नियमित रूपमा सञ्चालन गर्दै आएको भजन–कीर्तन कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ। प्रत्येक महिनाको १ र १५ गते आयोजना हुने उक्त कार्यक्रममा त्यस क्षेत्रका एक सयभन्दा बढी ज्येष्ठ नागरिकहरू सहभागी हुने गरेका छन्। रामचोक गाउँ, बस्नेतडाँडा, बानियापधेरा, गैराथोक, तिनपिप्ले, तिलाहार, स्याउत, कार्कीडाँडा तथा पण्डितथोक लगायतका विभिन्न बस्तीबाट ज्येष्ठ नागरिकहरू कार्यक्रममा उपस्थित हुने गरेका छन्। दिनभर सञ्चालन हुने भजन–कीर्तन तथा धार्मिक गतिविधिले समयको सदुपयोग हुनुका साथै…
पुरा पढौ