बेसीसहर क्षेत्र सहकारी समन्वय समितिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

-


     नयाँ दीप    
     असाेज २८ गते २०८३ मा प्रकाशित


लमजुङ। बेसीसहर क्षेत्र सहकारी समन्वय समिति लमजुङले बुधबार बेसीसहरमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

समितिकी अध्यक्ष सावित्री तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव अशोक योञ्जनले सहजिकरण गर्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बेसीसहर क्षेत्रभित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रबन्धक तथा सञ्चालकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बेसीसहर क्षेत्र विकास सहकारी संस्थाका निर्वतमान अध्यक्ष पुर्णलाल श्रेष्ठ, पूर्व अध्यक्ष नारायणप्रसाद घिमिरे, योगेश घिमिरे, जनकल्याण साकोसका चित्रबहादुर गुरुङ,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले बेसीसहरभित्रका सहकारी संस्थाबीच आपसी समन्वय र सहकार्य बढाउँदै सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए। सहकारी संस्थाहरूको कार्यशैलीमा एकरूपता कायम गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्दै सहकारी संस्थाबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।