एमाले लमजुङ ‘ख’ ले सदस्यता नवीकरण र डिजिटल इन्ट्री तीव्र पार्ने

-


     नयाँ दीप    
     असाेज २४ गते २०८३ मा प्रकाशित


नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’ ले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र डिजिटल इन्ट्रीलाई तीव्रता दिने निर्णय गरेको छ।

शनिबार बेसीशहरस्थित मदन–आश्रित स्मृति भवनमा बसेको बैठकले मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग गर्ने निर्णय गरेको हो। बैठकले वडा र पालिकास्तरसम्म दसैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी संगठनलाई थप सक्रिय बनाउने विषयमा पनि छलफल गरेको छ।

बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य जमीन्द्रमान घले, जिल्ला इन्चार्ज कृष्णप्रसाद अधिकारी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल र जिल्ला अध्यक्ष राजकुमार विष्टले संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र अधिवेशनको तयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कमिटीका संयोजक शुभाष पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक जनकराज मिश्रले सञ्चालन गरेका थिए।