नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

-


     नयाँ दीप    
     असाेज २४ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ ।

शनिबार बिहान सम्पन्न मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार ५४ मत बदर भएका छन् ।

सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ९६.२ प्रतिशत मत खसेको थियो । पार्टीका विभिन्न २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए ।

यसैबीच, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल तथा काठमाडौं उपत्यकाको महिला कोटाबाट केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ ।