लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ निर्वाचित

-


     नयाँ दीप    
     माघ १२ गते २०८० मा प्रकाशित


लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार बेसीशहरमा भएको २४ औं बार्षिक साधारण सभा तथा अधिवेसनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा योगेस घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिव रामजी कडेल, कोषाध्यक्षमा उमाकान्त अचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दुर्गा बहादुर रानाभाट, सुरजकुमार श्रेष्ठ, लेखमान कतिला, विद्यादेवी श्रेष्ठ, कमला गुरुङ र विमला पौडेल रहनुभएको छ ।

त्यसैगरी संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामचन्द्र दवाडी, सदस्यहरुमा माधवप्रसाद न्यौपाने र बुद्धिबहादुर घिमिरे निर्वाचित हुनुभएको छ ।

प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष दुर्गाभक्त धमलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमालको विषेश आथित्थ्यता रहेको थियो । कार्यक्रम संघका महासचिव योगेश घिमिरेले संचालन गनुभएको थियो ।