जनसम्पर्क समितिबाट कांग्रेसका ७ केन्द्रीय सदस्य निर्वाचित

-


     नयाँ दीप    
     असाेज २७ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा दुई महिला र विभिन्न क्षेत्रबाट पाँच जना रहेका छन्।

महिला समूहबाट सीता सापकोटा घिमिरे र चन्दा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत प्राप्त गरिन्। महिला समूहका दुई पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरेका छन्। यस क्षेत्रबाट एक पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। लामो समयदेखि नर्वेमा व्यवसाय सञ्चालन गर्दै आएका र सामाजिक क्षेत्रमा पनि सक्रिय शाहीले अहिले पिएचडी अध्धयन गरिरहेको जनसम्पर्क समिति नर्वेका उपाध्यक्ष रमेश घिमिरेले बताउनुभयो ।

ओसियाना–अमेरिका क्षेत्रबाट सी।ए। विद्याभूषण कार्की निर्वाचित भएका छन्। उनले १ हजार ९५१ मत प्राप्त गरे। यस क्षेत्रको एक पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

त्यस्तै, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २ हजार ९४ मत प्राप्त गरे। यस क्षेत्रको एक पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

प्यासिफिक क्षेत्रबाट डा। बलराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले १ हजार ९२० मत प्राप्त गरे। यस क्षेत्रको एक पदका लागि सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

भारत क्षेत्रबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३ हजार ८२७ मत प्राप्त गरे। यस क्षेत्रको एक पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचित सात जनामध्ये सबैभन्दा बढी मत भारत क्षेत्रका बालकृष्ण पाण्डेले प्राप्त गरेका छन्। त्यसपछि सीता सापकोटा घिमिरेले ३ हजार ११३ मत प्राप्त गरेकी छन्। जनसम्पर्क समितिबाट महिला समूहमा दुई जना र युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, प्यासिफिक तथा भारत क्षेत्रबाट एक–एक जना निर्वाचित भएका हुन्।

कांग्रेसको पदाधिकारीमा पनि नयाँ नेतृत्व

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, पुष्पा भुसाल तथा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।