
लमजुङको क्व्होलासोथार गाउँपालिकाले पोखरामा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरबाट पाँच दिनमा ८१४ जनाले विभिन्न सेवा लिएका छन्।
पोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी असोज १३ देखि १७ गतेसम्म पोखरा–१२, सेतीनहरस्थित पैकों ९पसगाउँ० तमु समाजमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा सबैभन्दा धेरै राजस्व संकलनसम्बन्धी सेवा ३५० जनाले लिएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता नवीकरण ३१८ जना, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि ६९ जना, नागरिकता सिफारिस तथा प्रतिलिपि ३८ जना र अन्य सिफारिस तथा विविध सेवा ४७ जनाले लिएका छन्।
गाउँपालिकाका अनुसार शिविरमा दैनिक रूपमा सेवा लिन आउनेको संख्या फरक–फरक रहे पनि सुरुदेखि अन्तिम दिनसम्म नागरिकको सहभागिता उत्साहजनक रहेको थियो।
गाउँपालिकाले कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्दै पोखरामा बसोबास गरिरहेका नागरिकलाई उनीहरूकै बसोबास क्षेत्र नजिकैबाट सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ।
शिविरमा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, विभिन्न वडाका अध्यक्ष तथा गाउँपालिकाका कर्मचारीहरूले प्रत्यक्ष रूपमा सेवा प्रवाह गरेका थिए।









