
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङमा सम्पन्न निर्वाचनको मतगणना सकिएसँगै महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित उम्मेदवारहरूको नतिजा सार्वजनिक भएको छ।
जिल्लामा लगातारको वर्षाका कारण निर्धारित समयभन्दा केही दिन ढिला गरी निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। जिल्लाभर करिब १ हजार ८ सय मतदाता रहेकामा १ हजार ४ सय ६५ जना मतदान प्रक्रियामा सहभागी भएका थिए।
महाधिवेशन प्रतिनिधितर्फ महिला खुलामा पार्वती तामाङ ९७२, अस्मिता गुरुङ ‘खुशीमाया’ ९११, विष्णुमाया न्यौपाने धिताल ८२३ र रश्मी गुरुङ ६५१ मत प्राप्त गरी विजयी भएका छन्। यस समूहमा ८ जनाको उम्मेदवारी परेको थियो।
पुरुष खुलातर्फ गमप्रसाद गुरुङ १ हजार १०१, भेषबहादुर पौडेल १ हजार ८२, डा. टकराज गुरुङ ९८७, आनन्द घिमिरे ७२९, हरिप्रसाद बराल ७४८, कृष्णप्रसाद कोइराला ७१६, बाबुराम पौडेल ६४६, कृष्णबहादुर अधिकारी ६४५, खड्गबहादुर गुरुङ ६५८ र तुलसीनारायण श्रेष्ठ ७५४ मत प्राप्त गरी विजयी भएका छन्। यसतर्फ २८ जनाको उम्मेदवारी परेको थियो।
श्रमिकतर्फ सुरेशबाबु पाण्डे ५२६ मत प्राप्त गरी विजयी भएका छन् भने पेसागत÷विषय विज्ञतर्फ इन्जिनियर प्रकाश न्यौपाने ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन्।
युवा खुलातर्फ ४ जनाबीच भएको प्रतिस्पर्धामा सन्तोष गुरुङ ७८० र पूर्णबहादुर गुरुङ ६९५ मत प्राप्त गरी विजयी भएका छन्।
अपाङ्गता तर्फ सरोज सेढाँइ ५४१, अल्पसंख्यकतर्फ भीमबहादुर दुरा ७९२, दलिततर्फ भिउसीन दमाई ७५८ तथा प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फ रामहरि न्यौपाने ५४४ मत प्राप्त गरी विजयी भएका छन्।
समानुपातिकतर्फ कुल १० स्थानमध्ये दलित खुलामा अर्जुन परियार ६६३ मत प्राप्त गरी विजयी भएका छन्। दलित महिलातर्फ टीकाकुमारी बस्याल ७५७ मत प्राप्त गरी निर्वाचित भएकी छन्।
आदिवासी जनजाति खुलातर्फ खुसिजङ गुरुङ ८९३, जीवनचन्द्र गुरुङ ६९८ र कुमरासी गुरुङ ‘भुपेस’ ६६८ मत प्राप्त गरी विजयी भएका छन्।
आदिवासी जनजाति महिलातर्फ सृजना गुरुङ ७८६ र आसकुमारी गुरुङ ४७६ मत प्राप्त गरी निर्वाचित भएका छन्। यसतर्फ ६ जनाको उम्मेदवारी परेको थियो।
खस आर्य खुलातर्फ श्रीकान्त घिमिरे ८३५ र कमलबहादुर अधिकारी ७९२ मत प्राप्त गरी विजयी भएका छन्। खस आर्य महिलातर्फ सुप्रिया जोशी ५३६ मत प्राप्त गरी निर्वाचित भएकी छन्।
यसैगरी प्रदेशसभा क्षेत्रीय कार्यसमिति ‘ख’को सभापतिमा अमृत न्यौपाने र दीपेन्द्र रावलले समान ३२४ मत प्राप्त गरेका छन्। मत समान भएकोले पछि निर्णय गर्ने गरी मत परिणाम घोषणा गरिएको छ । सभापतिका लागि अमृत न्यौपाने, दीपेन्द्र रावल र राजेश थापाबीच प्रतिस्पर्धा भएको थियो।
सचिवमा रामजी कँडेल २८३ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तैगरी सदस्यहरुमा दलिततर्फ दिलबहादुर परियार ४५५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधितर्फ महिला समूहमा कन्याकासी गुरुङ ४४४ र मानकुमारी आचाजु ३६९ मत प्राप्त गरी विजयी भएका छन्।
खुलातर्फ केशव न्यौपाने ४१०, गगन घिमिरे ४०४, अमृत गुरुङ ३८५, मदनकुमार न्यौपाने ३७६, तीर्थमान गुरुङ ३७२, शंकर बिष्ट ३६८, मृगेन्द्र घिमिरे ३५७ र रमेशकुमार पाण्डे ५४३ मत प्राप्त गरी विजयी भएका छन्।
युवा खुलातर्फ ज्योति गुरुङ ४८५, दलिततर्फ विशाल परियार ३८८, आदिवासी जनजाति खुलातर्फ विकास गुरुङ ४२१ र कृष्ण गुरुङ ३७४, खस आर्य खुलातर्फ कृष्णप्रसाद अधिकारी ३६५ र उद्धव बस्नेत २१३ तथा खस आर्य महिलातर्फ सीता शाही ४३५ मत प्राप्त गरी विजयी भएका छन्।
प्रदेश अधिवेशन प्रतिनिधि ‘क’तर्फ खुलामा खुसबहादुर गुरुङ ४५६, बिजयी गुरुङ ४४८, केदार सिलुवाल ४०७, लीलबहादुर गुरुङ ४०६, दुर्गमान गुरुङ ‘लाले’ ४२३, मणिप्रसाद गुरुङ ४०१, मेखराज तामाङ ३८७ र सुभास पौडेल २८८ मत प्राप्त गरी विजयी भएका छन्।
युवा खुलातर्फ होमराज घले ३४१, आदिवासी जनजाति खुलातर्फ लुबिन्द्र गुरुङ ४०३ र बिजयी गुरुङ ३४६ तथा आदिवासी जनजाति महिलातर्फ सुस्मिता तामाङ ४०९ र ज्योति गुरुङ ३७४ मत प्राप्त गरी विजयी भएका छन्। खस आर्यतर्फ नारायणबहादुर सिलुवाल २५१ मत प्राप्त गरी निर्वाचित भएका छन्।
मतगणना सम्पन्न भएसँगै कांग्रेस लमजुङको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार निर्वाचित प्रतिनिधिहरू अब पार्टीको आगामी अधिवेशन प्रक्रियामा सहभागी हुनेछन्।









