पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नवलपुरको अध्यक्षमा रामप्रसाद पन्त

-


     नयाँ दीप    
     जेठ १६ गते २०८३ मा प्रकाशित


पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नवलपुरको अध्यक्षमा रामप्रसाद पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शुक्रबार कावासोती ३ मा सम्पन्न नवलपुर जिल्ला प्रथम साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गरेको हो ।

नवगठित जिल्ला कार्यसमितिको प्रथम उपाध्यक्ष खगराज कँडेल, द्वितीय उपाध्यक्ष शिव प्रसाद ज्ञवली, सचिव निरु गौतम सुवेदी, कोषाध्यक्ष निता अर्याल, सह सचिव लीलाधर रिजाल, त्यस्तै सदस्यहरु मिना देवकोटा, मणिराम तिमल्सिना, दिलकुमारी भट्टराई र इन्दिरा गिरी रहनुभएकोे छ ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष भुपेन्द्र खनाल तथा संघका केन्द्रीय कानुनी सल्लाहकार मदनप्रसाद तिवारील, संघका वरिष्ठ उपाध्यक्ष हमाल पुरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’को अध्यक्षतामा भएको कार्यक्रको उद्घाटन केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेलले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय सचिव सुन्दर शर्मा पौडेलले गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले संघको उद्देश्यअनुसार पूर्व राष्ट्रसेवक तथा नागरिकहरूको अनुभव, ज्ञान र सामाजिक योगदानलाई समाज विकासमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।