
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसयता प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा च्बmअजबलमचब एबगमभ,ि प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ । नेपाली सेनाले तोप पड्काएर दिवसको स्वागत गरेको थियो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास प्रदर्शन गरेका छन् । साथै हेलिकप्टरबाट पुष्पवृष्टि तथा ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको छ ।
यस वर्षको गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेन्द्र शाहाले सम्बोधन नगर्ने भनिएको छन भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । देशभर विभिन्न सरकारी तथा गैरसरकारी निकायले दीपावली, सांस्कृतिक कार्यक्रम, वृक्षरोपण, रक्तदान तथा जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेका छन् । सरकारले दिवसका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।









