
लमजुङको बेसीशहर नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । बेसीशहर नगरपालिकाकाको आयोजनामा विहिबार विद्यालयका आई.टी फोकल शिक्षकहरुका लागि शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको उपयोग सम्बन्धमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथा रहेको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले शिक्षण सिकाइमा सूचना प्रविधिको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रमुख अधिकारीले प्रविधि मैत्रि शिक्षण सिकाइ र अनुगमन कार्यक्रमको उद्धेश्यमा प्रकाश पार्दै दीर्घकालमा बेसीशहर नगरपालिकालाई प्रविधिमा उन्नत र स्मार्ट पालिकाको रुपमा विकास गर्नुका साथै २०८४ सालसम्म नगरपालिका भित्रका सबै विद्यालयलका कक्षा कोठामा डिजिटल माध्यमको प्रयोग गरी पढाउने व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कम्प्युटर अपरेटर रेशम घिमिरेले साइबर क्राइमबाट कसरी बच्ने र डिजिटल साक्षरता सम्वन्धी जानकारी गराउनुभएको भने प्रशिक्षक शिक्षक प्रकाश न्यौैपानेले शिक्षामा आवश्यक पर्ने नेपाल सरकारका डिजिटल वेवसाइड, साथै पछिल्लो समय बढ्दै गैरहेको कृतिम बुद्धिमत्ता (ए.आइ) बाट कसरी सहज तरिकाले समस्याको समाधान गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।
बेसीशहर नगरपालिकाकको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सिर्जना चिलुवाल पाण्डले सहजिकरण गर्नुभएको उद्घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिमितका संयोजक तथा वडा नं २ का वडाध्यक्ष मदन राना, प्रवक्ता हिरालाल विक, योजना अधिकृत, मृगेन्द्र पोखरेल, लेखा अधिकृत सृजना पौडेल लगायतको उपस्थिती रहेको थियो ।
बेसीशहर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बेसीशहर भित्रका १९ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।










