देउवाको सन्देश: परिवर्तनको बाटो सरल हुँदैन, धैर्य र साहसका साथ अघि बढौँ

-


     नयाँ दीप    
     श्रावण २८ गते २०८३ मा प्रकाशित


Former Nepal's prime minister Sher Bahadur Deuba waves to supporters outside the airport upon his arrival in Kathmandu on August 13, 2026. Deuba, facing arrest for alleged corruption, returned home on August 13, six months after leaving for medical treatment abroad. (Photo by Prabin Ranabhat / AFP)

काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि सार्वजनिक सन्देश जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबाट आफूले महत्वपूर्ण पाठ सिकेको बताएका छन्।

करिब पाँच महिनापछि स्वास्थ्य उपचार सकेर सार्वजनिक भएका देउवाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले २०८२ सालका राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा नयाँ पुस्ता र परिवर्तनको चाहना थप बलियो बनाएको उल्लेख गरेका छन्।

देउवाले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहास, लोकतन्त्र र परिवर्तनका लागि पार्टीले गरेको योगदान स्मरण गर्दै आगामी दिनमा पनि जनताको चाहना, आवाज र भावनालाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले परिवर्तन सजिलो र एकैपटक हुने विषय नभएको भन्दै धैर्य, साहस र विवेकका साथ अघि बढे मात्रै देशले सही दिशा लिन सक्ने बताएका छन्। साथै, नयाँ पुस्ताको आवाज र आकांक्षालाई सम्मान गर्दै सबैको सहभागितामा समुन्नत मुलुक निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।