लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

-


     नयाँ दीप    
     श्रावण २७ गते २०८३ मा प्रकाशित


एआइद्धारा निर्माण गरिएको फोटो

लागूऔषध (गाँजा) कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–७ माछापुच्छ्रे टोल स्थायी घर भएका ४५ वर्षीय रामशरण सापकोटा रहेका छन्।

प्रहरीका अनुसार प्रहरी वरिष्ठ हवल्दाररप्रहरी वरिष्ठ नायब निरीक्षक हरी नारायण श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रामशरण सापकोटा समेत रहेको लागूऔषध कसूर मुद्दामा लमजुङ जिल्ला अदालतबाट २०८१ चैत १२ गते भएको फैसला उच्च अदालत पोखराबाट २०८२ माघ १३ गते सदर भएको थियो।

फैसलाअनुसार सापकोटाले १ वर्ष १ महिना १६ दिन कैद तथा ११ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

फरार रहेका सापकोटालाई प्रहरी टोलीले २०८३ साउन २७ गते उनको घरवतनबाट पक्राउ गरेको हो। पक्राउपछि फैसला कार्यान्वयनका लागि सोही दिन लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

अदालतको आदेशअनुसार बाँकी सजाय कार्यान्वयनका लागि सापकोटालाई जिल्ला कारागार कार्यालय, दमौली, तनहुँ चलान गरिएको प्रहरीले जनाएको छ।