७५ वर्षीया काली सार्कीको ह-त्या आरोपमा अच्छामी पक्राउ

-


     नयाँ दीप    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


एआइद्धारा निर्मित फोटो

लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्कीको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय प्रेम अच्छामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार गत साउन २३ गते राति करिब ९ बजे काली सार्की आफ्नै घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा काली सार्कीसँग गाँजा किन्ने क्रममा पैसाको विषयमा विवाद भएको र सोही विवादपछि प्रेम अच्छामीले मृतककै घरमा रहेको हँसियाले उनको घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरेपछि अच्छामीले मृतकले शरीरमा लगाएका करिब ५० लाल तौल बराबरका सुनका गरगहना समेत चोरी गरी लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रेम अच्छामीलाई साउन २५ गते पक्राउ गरेको हो। पक्राउ परेका अच्छामीलाई आज साउन २६ गते लमजुङ जिल्ला अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।