
माल्टामा रहेका लमजुङवासी नेपालीहरूको साझा संस्था लमजुङ समाज माल्टाको सन् २०२६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा मनमोहन अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न पहिलो अधिबेसनबाट समितिको वरिष्ठ उपाध्यक्षमा चक्र गुरुङ र सोमराज गुरुङ, उपाध्यक्षमा विकास गुरुङ, विकास गुरुङ तथा विकास बोहोरा चयन हुनुभएको छ। महिला उपाध्यक्षमा रिया गुरुङ र यम कुमारी गुरुङ रहनुभएको छ।
त्यसैगरी सचिवमा पवन घिमिरे तथा उपसचिवमा आशिष अधिकारी निर्वाचित हुनुभएको छ। सचिवमा निर्वाचित पवन घिमिरे नयाँदीप डट कम www.nayadip.com का माल्टा संवाददाता समेत हुनुहुन्छ। समितिको कोषाध्यक्षमा अशा श्रेष्ठ, उप–कोषाध्यक्षमा सर्मिला घिमिरे, खेल संयोजकमा चितन रिमाल र प्रताप थापा, तथा नृत्य संयोजकमा बबित तामाङ र पशुपति गुरुङ चयन हुनुभएको छ।

यस्तै सल्लाहकारमा विष्णु थापा, हुमप्रसाद गुरुङ, सञ्जीव थापा, विकास तामाङ, फणिन्द्र बोहोरा, विष्णु भुजेल र मेनका अधिकारी रहनुभएको छ भने अन्य सदस्यहरूमा मुस्कान गुरुङ, दीपा खत्री, अनिल रिमाल, सविन गुरुङ, अशोक तामाङ, लक्ष्मण गुरुङ, इन्द्र दुरा, संगीता राउत, विशाल अधिकारी, हिमाल दियाली, मीना थापा, दिल गुरुङ, सूर्य रिमाल, रोम खत्री र विपिन थापा चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले माल्टामा रहेका लमजुङवासीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गर्दै नेपाली भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। साथै सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसहित नयाँ कार्यसमिति अघि बढ्ने जनाएको छ।









