फुलबारी दिदीबहिनी समूहको अध्यक्षमा खातुन मियाँ चयन

-


     नयाँ दीप    
     असार २७ गते २०८३ मा प्रकाशित


लमजुङको बेँसीसहर नगरपालिका–८, नारायणस्थानस्थित फुलबारी दिदीबहिनी समूहको प्रथम साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ। समूहले शनिबार गोरखाको बारपाकमा साधारणसभा आयोजना गरेको हो।

अधिवेसनले खातुन मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा घना धनाई, द्वितीय उपाध्यक्षमा सोबिता बोहोरा, सचिवमा दुर्गा खनिया, सहसचिवमा बालकुमारी बोहरा, कोषाध्यक्षमा सायरा मिया तथा सहकोषाध्यक्षमा शान्ता श्रेष्ठ चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा बुद्धिका थापा, सीता थापा, दुर्गा थापा, नरमाया श्रेष्ठ, विमला श्रेष्ठ, विष्णु श्रेष्ठ, सरस्वती श्रेष्ठ, शान्ता बानियाँ, अमृता खत्री, सुनिता बस्नेत र बिनिता लामा चयन हुनुभएको छ।

समूहकी अध्यक्ष निकिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समूहको वार्षिक प्रगति, आगामी योजना तथा संस्थालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो।