३३ औँ त्रिवेणी कपमा पहिलो चरणका खेल सम्पन्न

-


     भरब बाबु घिमिरे     
     पौष १६ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहरमा ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा पुस १६ गते आयोजक त्रिवेणी युवा क्लब बेसीशहर र श्रीभगवती क्लब टोखाबीचको खेलमा शुन्यका बिरुद्ध २ गोल गर्दै त्रिबेणी युवाक्लब बिजयी भएको छ ।२३ औं मिनेटमा आयोजक त्रिवेणी युवाक्लवका प्रतापको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ६७ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे।

प्रतियोगिताबाट बाहिरिने भगवती काठमाडौंको चौथो क्लब हो। यसअघि नै न्युरोड टिम (एनआरटी), चिल्ड्रेन एफसी र सातदोबाटो युथ क्लब घर फर्किसकेका छन्।

आजै भएको दोस्रो खेल बुद्द युथ क्लब भोटेवडार लमजुङ र एपि चर्च ब्वाईज युनाइटेड बिचको खेल गोलरहित बराबरी टुङ्गिपछि खेल ट्राईबेकरमा गयको थियो। ट्राईबेकरबाट ४–५ को गोल अन्तरले एपि चर्च ब्वाईज युनाइटेड क्वाटर फाईनलमा प्रवेश गरेको छ । भोली बिहिवारबाट क्वाटर फाईनलका खेलहरु सुरु हुनेछन् ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।