जनविकास माविको ५० औं बार्षिकोत्सव सम्पन्न

-


     नयाँ दीप    
     पौष ८ गते २०८२ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयले मगंलबार ५० औँ बार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस मनाएको छ । कार्यक्रममका प्रमुख अतिथी बेसीशहर नगरपालिका प्रमुख गुमानसिहं अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विषेश अतिथी शिक्षा विकास समन्वय इकाईका प्रमुख दिवाकर चिलुवाल, बेसीशहर नगरपालिकका कार्यकारी अधिकृत सुमन अधिकारी, बेसीशहर नगरपालिकाका शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाल, शिक्षक संघका जिल्ला अध्यक्ष सुर्य केसी, एमालेका उपाध्यक्ष जितबहादुर गुरुङ, काग्रेंसका वृखराज गुरुङ, राप्रपाका मेख बहादुर गुरुङ, यशोब्रह्म माविका प्रअ सूर्यप्रसाद बराल, पूर्व शिक्षक अगंराज घिमिरे, विद्यालय व्यवस्थापन समितिका आमन्त्रित सदस्य सुरेश प्रधान, पूर्व विद्यार्थी बलराम खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिक्षकहरु नृत्य प्रस्तुत गर्दै

अतिथिहरुले कार्यक्रममा बोल्दै अतिथीहरुले शिक्षा क्षेत्र समयसापेक्ष, सिपयुक्त जनशक्ति गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने जोड दिइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसी बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयक प्रधानाध्यापक दिपक खनियाले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका सहायक प्रअ विरेन्द्र रिमाल र भरत बहादुर घिमिरेले सञ्चालन गर्नुभएको थियो भने पूर्व प्रअ एकदेव घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको विद्यालयका शिक्षक सीता न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।