
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार दनाईगाउँमा रहेको सहकारीको कार्यालय रहेको भवनमा कार्यक्रम गरिएको हो ।
सहकारीका अध्यक्ष गमबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका ज्येष्ठ सेयर सदस्य तथा संस्थापक अध्यक्ष पदमबहादुर घिमिरेको प्रमुख आतित्यथामा भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दनाईले सहकारीको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष निर्मला दनाईले आय व्यय प्रतिबदेन र सहकारीका प्रवन्धक सञ्जिव खनियाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको प्रतिवेदन सेयरसदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार अम्बिकाप्रसाद घिमिरे, पुर्व अध्यक्ष करुणनिधी दनाई, धु्रव दनाई, श्रीनाथ दुलाल, सेयर सदस्य शिव परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वडा नं ३ का वडा सदस्यहरु उषा बराल, महेश भूजेल, कृष्ण भुजेल, कपिल एसोसिएटस्का प्रोपाईटर कपिलकुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वचतकर्ता भरतबाबु घिमिरेले कविता बाचन गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा विभिन्न विधामा सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमा सहकारीको कार्यक्षेत्र भित्र रहेको विद्यालय यशोब्रह्म माविबाट एस.ई ई मा ए प्लस ल्याउने विद्यार्थीहरु रक्षा विक, रुपा दुलाललाई सम्मान गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीहरुलार्ई हौसला प्रदान गर्न सेयर सदस्य नवराज बरालले प्रतिव्यक्ती रु १ हजारका दरले पुरस्कार रुवरुप रकम प्रदान गर्नुभएको थियो ।
त्यस्तैगरी संस्थाका ज्येष्ठ सेयर सदस्य ८० वर्ष नाघेका नामकुमारी दनाई, संस्थामा उत्कृष्ट बचतकर्ता फुलमाया दनाई, रामबहादुर परियार, पूर्नि परियार, उत्कृष्ट आर्थिक कारोबार गर्ने नविन दनाई, कर्णबहादुर परियार, नियमित बाल बचत गर्ने आयन अधिकारी, जेविस घिमिरे, कृषि उद्यमशिल महिलामा विष्णुमाया अधिकारी, यस वर्षको उत्कृष्ट कर्मचारी संस्थाका प्रवन्धक सञ्जिव खनियालाई सम्मान गरिएको थियो ।
सहकारीका सचिब महेन्द्र दनाईले सहजिकरण गर्नु भएको कार्यक्रम उपाध्यक्ष बृजलाल श्रेष्ठ स्वागत मन्तव्य गर्नुभएको थियो ।
२०५४ सालमा स्थापना भएको संस्थाको हाल ६ सय ३५ जना सेयर सदस्य र १ सय ५८ जना बाल बचतकर्ता रहेका छन् भने ३६ लाख ४४ हजार ७ सय कुल शेयर पुँजी रहेको छ ।









