
नमुना फोटो
लमजुङको राईनास नगरपालिकाका ६ स्याउली स्थित ढलेबर चोकमा मोटरसाईकलले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ ।
सातबिसेबाट धमिलिकुवातर्फ आउदै गरेको ना ४८ प ३०७७ नं. को मोटरसाईकलले आज दिउँसो बाटोमा हिडिरहेकी सोही ठाउँकी ६८ वर्षकी कि मैती कुमारी तामाङलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङलाई तत्काल उपचारको लागि सहोदर सामुदायिक अस्पताल धमिलिकुवामा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलबाट मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभएको छ ।









