त्रिवेणी क्लवको अध्यक्षमा टेकजङ गुरुङ

-


     नयाँ दीप    
     असाेज ५ गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लाकै प्रतिष्ठित क्लब त्रिवेणी युवा क्लबको १३ औ अधिवेशनबाट अध्यक्ष टेकजङ गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सदरमुकाम बेसीशहरमा भएको क्लवको १३ औँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तैगरी क्लवको उपाध्यक्ष्मा खुसीजङ गुरुङ र इन्द्रसुब्बा राना, कोषाध्यक्षमा केश बहादुर राना रहनुभएको छ । त्यस्तैगरीक सदस्यहरुा विकास अधिकारी, अच्युत पौडेल, गणेश गुरुङलाई निर्विरोध निर्वाचित गरिएको छ भने बाँकी सदस्यहरु बैठकबाट चयन गरिने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।

त्रिवेणी युवाक्लबले जिल्लाकै सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिता, लगायतका सामाजिकका कामहरु बर्षेनी सञ्चालन गर्दै आएको छ ।