लमजुङ नयाँ धार्मिक गन्तव्य धर्मनाथ धामको प्राण प्रतिष्ठा

-


     नयाँ दीप    
     वैशाख २४ गते २०८२ मा प्रकाशित


लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोटमा स्थापना भएको सर्वोदय सेवाश्रममा आयोजना गरिएको सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको मंगलबार एक समारोहका विच समापन गरिएको छ । सो आश्रम परिषरमा स्थापित मूर्तिहरूको प्राण प्रतिष्ठाका साथमा लागि सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको समापन कार्यत्रक्रम कार्यत्रक्रममा गण्डकी प्रदेशका वन मन्त्री भेषबहादुर पौडेल प्रमुख अथिती रहनुभएको थियो ।

सो स्थानमा शिवजीको ध्यानात्मक मूर्तिका साथमा १०८ शिवलिङ्ग, १०८ गोमुखी धारा, १००८ शालिग्राम, एउटै ढुंगाबाट बनेको हनुमानको मूर्ति, गणेश भगवानको मूर्तिका साथमा ९ वटा चौतारा निर्माण गरिएको छ ।

शितप्रवाह नदी र तिलानदी संगमस्थल जहाँ तीन नगरपालिका र दुई जिल्लाको समेत संगम स्थलका रुपमा रहेको सो स्थानमा २०६८ सालदेखि सञ्चालनमा सर्वोदय सेवाश्रम आएको हो । आश्रममा ज्येष्ठ नागरिक रहँदै आउनुभएको छ ।
धर्मनाथ धामको स्थापना गरी जिल्लामा नयाँ धार्मिक गन्तव्य प्रतिस्थिापन गरिएको छ ।

धर्मनाथ धाममा स्थापित मूर्तिहरूमा प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको समापनको दिन जिल्लामा कार्यरत पत्रकारहरूलाई सम्मान समेत छ । समचारको माध्यमबाट प्रचारप्रसार गरी अमुल्य सहयोग गरेको भन्दै अन्तरङ्ग राष्ट्रिय साप्ताहिक, अन्तरङ्ग न्यूजडटकमका निर्देशक वरिष्ठ पत्रकार नवराज पहाडी, नयाँदीप डटकमकी सम्पादक सिर्जना घिमिरे, फेवा टेलिभिजनका संवाददाता प्रमोद अधिकारी, पत्रकार महिला स्वस्तिका पन्थी, रासस प्रतिनिधि विराट न्यौपाने, रेडियो भोटेओडारका संवाददाता प्रमिला रेग्मी, लक्ष्मीनारायण मिडिया हाउसका लक्ष्मी खनाल र सञ्जय गुरुङ लगायत रेडियो मस्र्याङ्दी, रेडियो चौतारी, रेडियो भोटेओडार, रेडियो बन्दिपुरलाई सम्मान गरिएको प्रसार उपसमितिका उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनुभयो । सम्मानित पत्रकाहरुलााई कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

जिल्लामा पत्रकारितामा दुःख गर्ने, हाम्रो संस्थाको कर्मलाई सञ्चार माध्यममार्फत जिल्ला, प्रदेशमा मात्र नभई देश, विदेशमा समेत फैलाउन योगदान गर्नेहरूलाई सम्मान गर्नु कर्तव्य भित्रै पर्ने ठानेर सम्मान गरिएको आयोजक सर्वोदय सेवाश्रम, धर्मनाथ धामका संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता कृष्णराज ओेलियाले बताउनुभयो ।

कार्यक्रममा वाल्मिकी विद्यापिठका सहप्राध्यापक टिपि धमला, जिसस लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पुष्पराज खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सर्वोदय सेवाश्रम, धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपवाचक गोविन्दाचार्यले कविताबाट स्वागत तथा आचार्य रेग्मी गोविन्दले संस्कृत भजनबाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा रुद्र माविका प्रधानाध्यापक शिव नरालले सहजिकरण गर्नु भएको थियो ।