
लमजुङको सदरमुकाम बेसीशहरमा भएको त्रिवेणी कप फुटवल प्रतियोगितमा ए.पि.एफ फुटबल क्लव काठमाडौंले उपाधी उचालेको छ । शनिबार त्रिवेणी रगंशालामा बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङलाई ट्राईबेकरमा ३ का विरुद्ध ४ गोलले हराउँदै विभागिय टिम ए.पि.एफ फुटबल क्लव काठमाडौले ३२ औं त्रिवेणी कप उचालेको हो ।
खेल सुरुवातको १२ औं मिनेटमा वि.वाइ.सि का समिर तामाङले गोल गरी अग्रता दिलाएका थिए भने ३० औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका युवराज खड्काले गोल गरी खेललाई बराबरीमा ल्याए ।
त्यस्तैगरी दोस्रो हाफ पछिको ५१ औं मिनेटमा ए.पि.एफ फुटबल क्लव काठमाडौका हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिलाए ।

निकै प्रतिश्पर्धात्मक रुपमा खेल भैरहेको जिल्ला भित्रका दर्शकको निकै साथ र समर्थन पाईरहेकोे समय सकिएर थप गरिएको समयमा वि.वाई.सी भोटेओडारले समिराज ठोकरले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो र ट्राईबेकरमा थियो ।
खेलको अन्त्य सम्म पनि जितको लागि कम्बर कसेको बुद्ध युथ क्लव (वि.वाई.सी) भोटेओडारले भने उपविजेतामा चित्त बुझाउनु परेको छ । वि.वाई.सी भोटेओडार यस अघि तीन पटक सम्मको त्रिवेणी कपको विजेता हो ।

आजको खेलको उत्कृष्ट खेलाडि ए.पि.एफ फुटबल क्लव काठमाडौंका गोल रक्षक यन्जल श्रेष्ठले रु १० हजार प्राप्त गरेका छन् भने ए.पि.एफ फुटवल क्लवका प्रदिप लामाले सर्वाधिक गोलकर्ताको उपाधी जितेर रु २५ हजार प्राप्त गरेका छन् ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले ए.पि.एफ फुटवल क्लव काठमाडौंले १२ लाख रुपैयाँ पुरस्कार, त्रिवेणी कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता वि.वाई.सी भोटेओडारले दोस्रो पुरस्कार ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान प्राप्त गरेको छ । प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २⁄२ लाख रुपैयाँ दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डले विजयी खेलाडीहरुलाई पुरस्कार र त्रिवेणी कप प्रदान गर्नुभएको थियो । कार्यक्रम त्रिवेणी युवाक्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको थियो । त्रिवेणी युवा क्लबको आयोजना पुस १२ गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टिम सहभागी भएका थिए ।
