शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

-


     नयाँ दीप    
     असाेज २ गते २०८१ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । नगरपालिका भित्रका शैक्षिक सत्र २०८० को नगरपालिका स्तरीय कक्षा ८ को परिक्षा, एस.ई.ई. र कक्षा १२ को बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई एक समारोहका विच सम्मान गरिएको हो ।

बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा कक्षा ८ तर्फ जनजागृति आधारभुत विद्यालय बरबोट (३.५२ जिपिए), एस.ई.इ तर्फ अन्नपूर्ण मावि नाल्मा (२.०८ जिपिए) कक्षा १२ तर्फ बालकल्याण मावि भकुण्डे (१.५० जिपिए) रहेको छ ।

यसैगरी संस्थागत विद्यालयतर्फ कक्षा ८ को परिक्षामा ३.७२ जिपिए ल्याउन सफल ल्याण्डस्टार इङ्गलिस बोर्डिङ, एसईईमा ३.४६ र कक्षा १२ मा २.९२ जिपिए ल्याउन सफल युनिभर्सल एकेडेमीलाई सम्मान गरिएको छ ।

सम्मानित हुने विद्यार्थीहरुमा कक्षा ८ तर्फ जनजागृती आधारभुत विद्यालयका छात्र समुन्द्र जोशी र छात्रा सदिक्षा अवाल, अर्थली प्याराडाइज माविका छात्र संगम सापकोटा र चनद्रसुर्य बोर्डिङ स्कुलकी छात्रा रसना थापा रहेका छन् । यसैगरी २०८० को एसईइमा उत्कृट नतिजा ल्याउने सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीमा बालकल्याण मावि भकुण्डेका छात्र शंकर विक, जनकल्याण मावि चितिकी छात्रा सम्पदा पाण्डे युनिभर्सल एकेडेमीका छात्र आयुष केसी छात्रा आयुष्मा गुरुङ रहेका छन् ।

कक्षा १२ को परिक्षामा उत्कृष्ट नजिता ल्याउनेमा सामुदायिक तर्फ जनकल्याण मावि उदिपुरका छात्र सुवास श्रेष्ठ र जनविकास मावि बेसीशहरकी छात्रा रोजी गुरुङ रहेका छन् भने संस्थागत तर्फ अर्थली प्याराडाइज माविकी छात्रा कोहीनुर शेख र युनिभर्सल एकेडेमीका छात्र रोमन गुरुङ रहेका छन् ।

विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथी बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, उपप्रमुख पद्यमा गुरुङ र शिक्षा शाखा प्रमुख किसानराज चिलवालले संयुक्त रुपमा प्रंशासा पत्र र नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडाका वडाअध्यक्ष, शिक्षा समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानध्यापक एवम् शिक्षकहरु, पत्रकारी लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्रविधिक सहायक सिर्जना पाण्डे चिलुवालले गर्नुभएको हो ।

यसैगरी लमजुङको बेसीशहरमा रहेको युनिभर्षल एकेडेमी राष्ट्रिय शिक्षा दिवसका अवसरमा पोखरामा आयोजित एक समारोहबीच पुरस्कृत भएको छ ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा एस.ई.ई मा लमजुङ जिल्लाबाट संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा शिक्षा विकास निर्देशनालय पोखराले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा युनिभर्षल एकेडेमी नगद पुरस्कारसहित पुरस्कृत भएको हो ।

यस बर्षको एसइइ परीक्षामा लमजुङ जिल्लाभरबाट युनिभर्षल एकेडेमीले सर्वोत्कृष्ट नतिजा ल्याएको थियो । यस बर्षको एसइइ परीक्षामा लमजुङबाट ३ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएकामा सो नतिजा ल्याउने युनिभर्षल एकेडेमीका २ जनामा आयुश्मा गुरुङ र आयुष के.सीले ४ जिपिए ल्याएका थिए ।

सामुदायिक विद्यालयबाट मध्यनेपाल नगरपालिका ७ मा रहेको कुशमाकर माविका छात्र विश्वास घिमिरेले समेत सर्वोत्कृष्ट नतिजा (४ जिपिए) ल्याएका थिए