
लमजुङ सदरमुकाम बेसीशहर वडा नं ७ मा रहेको जनविकास माध्यमिक विद्यालयको व्यवस्थापन समिमतिको अध्यक्षमा खुशीराम बराल निर्वाचित हुनुभएको छ । बुधबार विद्यालयमा भएको नवनिर्वाचित सदस्यहरु बैठकको बहुमतबाट अध्यक्षमा बराललाई चयन गरिएको हो ।
त्यस्तै अभिभावक भेलाबाट सदस्यहरुमा कुमार विक, फुलकुमारी थापा, रिपुमर्दन केसी निर्वाचित हुनुभएको छ भने बेसीशहर नगरपालिकाबाट प्रतिनिधी बुद्धीसागर बराल, पदेन सदस्यमा वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेत र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक एकदेव घिमिरे रहनुभएको छ ।
व्यवस्थापन समितिको लागि शिक्षक प्रतिनिधी भने छनोट नभएको विद्यालयका शिक्षक ई. दिपेन्द्र रावलले जानकारी दिनुभयो ।