
नेपाल शिक्षक संघ संघिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ ।
संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कागं्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा पुस २७, २८ र २९ गते बैठक बसेको थियो ।
बैठकले बिभिन्न प्रश्नावलीहरुका मध्यमबाट जिल्लागत सांगठनिक अबस्था बारे तथ्याङ्क संकलन गर्ने, महिला बिभाग, अर्थ बिभाग, संगठन बिभागको कार्ययोजना विभाजन, बिधान अनुरुप निर्माण गरिएको पदिय आचरण र आचार संहितालाई लागु गर्ने, साङ्गठनिक क्रियाशिलताको मूल्याङ्कन पद्दति, बैठक संचालन कार्यबिधि, आन्दोलन पछि भएको बार्ता र सो को उपलब्धी सम्वन्धी शिक्षक महासंघको धारणा बैठकमा प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा शहिद शिक्षकहरु, निबृत्त शिक्षकहरुको बिवरण संकलन गर्ने र बैधानिक प्रबन्ध बमोजिम पदको रिक्तता र पदपूर्ति गर्ने कार्य अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल शिक्षक संघको यस बर्षको प्रतिनिधि सभा लुम्बिनी प्रदेश कार्य समितिको आतिथ्यतामा २०८० चैत्र महिनाको तेस्रो सातामा सम्पन्न गर्ने, यसै बर्ष भित्र महिला शिक्षकहरुको राष्ट्रिय भेला जनकपुरमा गर्ने र यसै बर्ष भित्र प्रदेश महासचिवहरु र सचिवहरुको राष्ट्रिय भेला कैलालीको धनगढीमा गर्ने निर्णयका गरिएको शिक्षक संघको उपमहासचिव नारायण तिमिल्सिनाले बताउनुभयो ।
बैठकमा आर्थिक प्रतिवेदन संघिय कार्य समितिका अर्थ सचिव निर्मला कोइरालाले, साङ्ठनिक प्रतिवेदन महासचिव ज्ञानेन्द्र रावल, महिला विभागको प्रतिवेदन धनकला भण्डारीले प्रस्तुत गर्नुभएको नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्य केसीले जानकारी दिनुभएको छ ।
माननीय जीवन परियारको बिशेष आतित्थ्यता रहेको बैठकमा नेपाल शिक्षक संघ संघीय कार्य समिति , ७ प्रदेशका अध्यक्षहरु र ७० जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।