त्रिवेणी कप प्रतियोगितामा २ टिम सेमिफाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १८ गते २०८० मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार अभिषेक चर्च रजहर नवलपुर र सुन्दरबजार युवाक्लब लमजुङ बिच पहिलो खेल भएको थियो । खेल अबधिभर कुनै पनि तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरबाट सुन्दरबजार युवाक्लबलाई हराउँदै अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यस्तै दोश्रो खेल नेपाल पुलिस क्लब र लाङ्दी देवी युवाक्लब नाल्मा लमजुङ बिच सम्पन्न भएको छ । निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक खेलमा पुलिसको तर्फबाट २ र लाङ्दी देवीको तर्फबाट पनि २ गोल भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । सुरुकै पेनाल्टी बारमा लागेर मिस भएपछि पुलिस १ गोलले पछि पर्न पुगेको हो । जितसँगै लाङ्दी देवी युवाक्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको बिजेताले नगद ८ लाख, उपबिजेताले ४ लाख र सेमीफाइनल प्रवेश गर्ने टीमले नगद १\१ लाख रूपैयाँ पुरस्कार पाउने त्रिवेणी युवा क्लवले जनाएको छ ।