
बझाङको चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यस अघि २ बजेर ४० मिनेटरमा बझाङकै केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो।सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र राजधानी काठमाडौंमा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प राजधानी काठमाडौं देखि भारतको दिल्लीसम्म महशुस गरिएको छ। दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको भारतीय संचार माध्यमले जनाएको छ । उक्त भूकम्प ४० सेकेण्ड भन्दा बढी समयसम्म चलेको र भूकम्पका कारण सर्वसाधारण घरबाहिर निस्केका भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्स जनायो । समाचार अनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो ।
बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीय बासिन्दा दीपक जोशीले बताए ।
भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने र विवरण संकलन कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।