पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्याँसमै प्रतिसिलिण्डर २१५ रूपैयाँ बढ्यो

-


     नयाँ दीप    
     असाेज १४ गते २०८० मा प्रकाशित


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीबाट लागू हुने गरी मूल्यबृद्धि गरेको हो । मूल्यबृद्धिसंगै खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बढाएको छ ।

पेट्रोलको मूल्य सीमावर्ती तराइ र पहाडी जिल्लाहरूमा फरक फरक प्रतिलिटिर १८२.५, १८४ ,१८५ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलको मूल्य ठाउँ अनुसार १७६.५, देखि १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ ।

चाडवाड नजिकिदै गर्दा ग्यास लगायतका दैनिक उपभोका समानहरुमा भएको अस्वभाविक र उच्च मुल्यबृद्धीले सर्वधारणमा ठूलो असर पर्न गएको छ ।