जिल्ला न्यायाधीश जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक

-


     नयाँ दीप    
     असाेज ३ गते २०८० मा प्रकाशित


लमजुङ जिल्ला अदालतमा कार्य न्यायाधीश शिवप्रशाद खनाल जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक हुनुभएको छ। असाेज ३ गते परेको शुभ जन्मदिनको अवसरमा जिल्ला अदालत लमजुङ परिसरमा कपुरकाे विरुवा राेपेर न्यायाधीश खनालले अभियानमा ऐक्यबद्धता जनाउनुभएकाे हाे।

वृक्षारोपण पछि न्यायाधीश खनालले यस अभियान उत्कृष्ट र रचनात्मक रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा जलवायु परिवर्तनकाे असरले पृथ्वीमा पारेको प्रभाव न्युनिकरण, प्राणी जगतको रक्षाका लागि अभियान महत्त्वपूर्ण रहेकोले अभियानमा सधैंभरी आफ्नो साथ र सहयोग निरन्तर रहने धारणा उहाँले ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अभियन्ताहरुलाई पवित्र अभियानमा सरिक हुने अवसर प्रदान गरेकाेमा भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जन्मदिनमा वृक्षारोपण अभियानका परिकल्पनाकार बासुदेव सेढाईले अभियानकाे उद्देश्य र भईरहेकाे गतिविधिबारे जानकारी गराउनुभएकाे थियाे।

वृक्षारोपण कार्यक्रममा अभियानका संस्थापक सल्लाहकार शिवराम सिलुवाल, सल्लाहकार देविदास बराल, अभियानका सहयोगी अभियन्ता संचारकर्मी कृष्ण केसी, आजिवन सदस्य पुर्णचन्द्र घिमिरे, उपाध्यक्ष देवि थापा, सचिव रामजीप्रसाद बसाैला, काेषाध्यक्ष दुर्गा थापा रावत, सदस्य लक्ष्मी धिताल, प्रमाेद अधिकारी लगाएतकाे उपस्थिति रहेकाे थियोे ।

लमजुङ जिल्लाको बेसिशहरबाट सुरु भएको जन्मदिनमा वृक्षारोपण अभियान अहिले देश देखि विदेश सम्म फैलिरहेकाे छ । धेरै व्यक्तिहरु यस अभियानमा जाेडिदै गएका छन् ।