
महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा लमजुङको बेसीशहरमा रहेको मस्र्याङदी युवा क्लबले तीज उत्सव कार्यक्रमको आयोजनामा गरेको छ । तीज उत्सवमा नृत्य तथा मौलिक भाकामा तीज गित प्रतियोगिता गरिएको थियो ।
नृत्य तर्फ तमु प्येलु संघ प्रथम, जुम्मा फिल द बिट समूह द्धितीय, दिदीबहिनी आमा समूह तृतीय, सेरा आमा समूहका पवित्रा अधिकारी कुँवर र अन्जना गुरुङको टिम सान्त्वना भएका छन् ।
त्यस्तैगरी फूलबारी आमा समूहको तर्फबाट सहभागी भाइबैनीहरुको समूहलाई प्रोत्साहन सहित पुरस्कार प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तैगरी मौलिक तीज गित प्रतियोगितामा बेसीशहरको फूलबारी आमा समूह प्रथम र कर्पुरेश्वर आमा समूह द्धितीय भएका छन् ।
बेसीशहरको फूलबारी मञ्चमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले विजयी टिमहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार माया गुरुङ, शान्ति सुनार तथा स्थानीय कलाकारहरु प्रसान्त तामाङ, लक्ष्मी तामाङ, हस्त सन्चुरी लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रम क्लवको अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने क्लवका सचिव रियाज मियाले सहजिकरण गर्नुभएको थियो ।