
लमजुङको सदरमुकाम बेसीशहरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमल र शसस्त्र प्रहरी बल लमजुङका प्रहरी नायव उपरिक्षक खेम शर्माले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएके हो ।
कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, प्रहरी, सर्वसाधारण लगायत ५२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संकलित रगत ६ पोका जिल्ला अस्पताल लमजुङलाई र बाँकी ४६ पोका रगत चितवनको क्षेत्रिय रक्त सञ्चार केन्द्रमा पठाइएको छ ।
प्रहरी श्रीमती संघको २९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लजमुङ र जिल्ला अस्पतालले कार्यक्रममा सहयोग गरेका थिए । कुनै पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बेला बखतमा गर्ने यस्ता कार्यक्रम निकै प्रभावकारी हुने नेपाल रेडक्रस सोसाइटी लमजुङका अध्यक्ष ऋषिराम घिमिरेले बतााउनुभयो ।









