
शुक्रबार राती देखि परेका अविरल बर्षाका कारण लमजुङ बेसीशहर देखि मनाङको चामे सडक अवरुद्ध भएको छ । सडकको ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हुन पुगेको हो ।
बेसीशहर नगरपालिका वडां ६ को खरखरे भिरमा पहिरो आएर बाटो थुनेको छ भने, मस्र्याङदी गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरो सहित ठूला चट्टान आएर बाटो थुनेको छ ।
बाटो खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षाले काम गर्न सहज नभएको ङादीका स्थानीय सरोज गुरुङले बताउनुभयो । हिमाली जिल्ला मनाङ जाने एक मात्र सडक अवरुद्ध भएपछि यतिवेला सवारी आवागमन ठप्प भएको भएको छ ।