
यो एक प्रकारको भाईरल रोग हो।
एडिस एजिप्टी नामक लाम्खुट्टेले यो रोग सार्दछ।
डेङ्गुका लक्षणहरु
- सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।
- त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
- शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
- तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
- अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।
यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।
डेङ्गुले निम्त्याउने जोखिम
- फोक्सोमा पानी जम्ने
- पेटमा पानी जम्ने
- रक्तश्राव हुने
- मृगौला ड्यामेज हुने
- एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ ।
डेङ्गुबाट बच्ने उपाय
- लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
- घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
- घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
- लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
- झ्याल ढोकामा जाली राख्नु पर्छ ।
- शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
- सरसफाइमा ध्यान दिनुपर्छ ।
स्रोत सामाजिक सञ्जाल