अधिवक्ता पान्डेले जनजातीलाई जनावर सङ तुलना गरेको भन्दै कारबाहिको माग गर्दै जिल्ला प्रशासनमा धर्ना

-


     प्रमिशा विक    
     श्रावण २२ गते २०८० मा प्रकाशित


जिल्ला सदरमुकाम वेसिशहरमा सोमबार जनजाती समुदायका व्यक्तिहरुले ठूलो संख्यामा प्रदर्शन गर्दै विभिन्न नारावाजीका साथ जिल्ला प्रशासन कार्यालय लमजुङमा धर्ना तथा घेराउ गरेका छन् ।

साउन ७ गते एक टेलिभिजनमा अधिवक्ता भगवती पाण्डेले मगर र तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, प्रथाजनित, भावना विरुद्ध गलत ढंगले व्याख्या गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा लमजुङमा जनजातीले धर्ना दिइएका हुन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङ र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष हरिजंग तामाङ, नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य बल वहादुर राना मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होम राना मगर, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङ, आशिष तामाङ लगायतले मन्तव्य राख्र्दै विवादित अधिबक्ता भगवती पाण्डेलाई पक्राउ गरि अविलम्ब कानुनी कारवाही गर्न माग गरेका थिए ।

टेलिभिजनमा अन्र्तबार्ताका क्रममा शितल भनी चिनिने अधिवक्ता पान्डेले तमाम तामाङ, मगर लगायत सिङ्गो आदिवासी जनजाति समुदायको प्रथजनित अभ्यासप्रती गलत ढंगले व्याख्या गर्नुका साथै समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावर संङग तुलना गरेको भन्दै आज देशभर शान्तिपूर्ण धर्ना आन्दोलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङ धर्ना र धेराउ कार्यक्रम पश्चात प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाइएको छ ।

पाण्डले दिएको कोपकल्पित भ्रामक र तथ्यहिन अभिव्यक्तिले सम्पुर्ण जनजाति समुदायको आत्मासम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको उल्लेख गर्दै पान्डेलाई पटक पटक आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्दा पनि नलागेको साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता भइ पक्राउ पुर्जी जारी भएको लामो समय हुदा पनि अधिवक्ता पाण्डेलाई पक्राउ नगरेपछि साउन १७ गते प्रहरी परिसर टेकुमा १ घन्टे धर्ना कार्यक्रम राखीएको र सो कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जन भन्दा बढीलाई अश्रुग्यास ,लाठी, रड,र बुट प्रयोग गरी घाइते बनाउको र एक दर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिइएको उल्लेख विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमार्फत न्यायका लागि घोषणा गरिएको आन्दोलनमा एक्यवद्धता समर्थन जुटाइदिन र आवाज उठाइदिन मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा कानुन व्यबसायीलाई अपिल समेत गरिएिको छ ।