प्रधानमन्त्री शाहले लिए देशको शान्ति–सुरक्षाबारे ब्रिफिङ

-


     नयाँ दीप    
     कार्तिक १९ गते २०८३ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी हुनुहुन्थ्यो।

प्रधानमन्त्री शाहले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र शान्ति–सुरक्षाको अवस्था थप प्रभावकारी बनाउन सुरक्षा निकायले अपनाएका तयारी र व्यवस्थापनबारे जानकारी लिनुभएको हो।सो अवसरमा उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न तथा देशको शान्ति–सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पनि प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।