खेलकुद

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप प्रतियोगीताको तयारी पुरा

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ । पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यो बर्ष नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । खेलको तयारीका लागि मैदान सम्याउने, दर्शकका लागि बसेर हेर्न मिल्ने प्याराफिटको ब्यवस्था मिलाउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष… पुरा पढौ

चौँथो मेयर कपको उपाधी बेसीशहर १ उदिपुरको पोल्टामा

लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।… पुरा पढौ

३१ औँ त्रिवेणी कपको पुरस्कार राशीमा एकैपटकमा भारी बृद्धी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको पुरस्कार राशीमा भारी बृद्धी गरिएको छ । मंगलबार बेसीसहरमा आयोजना गरिएको पत्रकार मम्मेलन यस्तो जानकारी गराइएको हो । गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १÷१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक… पुरा पढौ

बेसीशहरमा राष्ट्रपती रनिङ शिल्डको तयारी तिव्र

लमजुङको बेसिशहर नगरपालिकामा छैटौं राष्ट्रपती रनिङ शिल्डको तयारी सुरु गरिएको छ । यहि मंसिरको १४, १५ र १६ गते ३ दिनसम्म बेसीशहरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरिएको हो । खेलकुदलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन जनविकास मा.विका प्रधानाध्यापक एकदेव घिमिरेको संयोजकत्वमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा भूपू बोर्डिङका प्रिन्सिपल विनोद गुरुङ, बुद्ध मेमोरियल बोर्डिङका प्रिन्सिपल मोहन बहादुर राउत, शिक्षक राजु राउत, बालकुमारी अधिकारी, नीलबहादुर गुरुङ, भरत बहादुर खड्का, बेसीशहर शिक्षा शाखाका प्राविधिक… पुरा पढौ

२ महिनाको कसरतमा बन्यो त्रिवेणी युवा क्लव कार्यसमिति

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित हुुनुभएको छ । गत २ महिना अघि देखि स्थगित भएको क्लबको कार्यसमिति चयन प्रकृया आइतबार सम्पन्न भएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो ।अध्यक्षको लागि विनोद गुरुङ, टेकजगं गुरुङ र राजकुमार घिमिरेको उमेद्वारी परेको थियो । त्यस्तै उपाध्यक्षमा टेकजगं गुरुङ र खुशीजगं गुरुङ, सचिवमा प्रविण वाग्ले, र कोषाध्यक्षमा प्रकाश घले निर्वाचित हुनुभएको छ ।यस अघि गत भदौ ३० गते भएको क्लवबको १२ औं अधिवेसनमा उपाध्यक्षका लागि खुशीजगं गुरुङ र केशबहादुर… पुरा पढौ

विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो । काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो । त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक… पुरा पढौ

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् । क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का… पुरा पढौ

समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो । शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो । अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ… पुरा पढौ

क्यानले एसिया कप २०२३ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एसिया कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छ । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने भएको छ । नेपालले स्थानीय पाकिस्तानी टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जानकारी दिएको छ। एसिया कपको आयोजक राष्ट्र… पुरा पढौ

नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपबाट दुई खेल टाढा

काठमाडौं, फागुन २८ गते । नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरव इमिरेट्स (युएई)लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।  जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोटबाट दुई खेल मात्र टाढा छ । नेपाललाई विश्वकपमा छनोट हुन अब लिग–२ को अन्तिम तथा पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा तेस्रो खेल सोमबार पीएनजी र अन्तिम खेल चैत… पुरा पढौ