गृृह जिल्लामा साम्बालाई सम्मानको ओइरो, फोटो सहित

-


     नयाँ दीप    
     श्रावण १३ गते २०८२ मा प्रकाशित


लामो समयपछि गृह जिल्लामा आएकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी साम्बालाई जिल्लामा एकपछि अर्काे सङ्घ संस्थाले सम्मान गरेको छ । सोमबार जिल्ला खेलकुद बिकास समिति लमजुङ, प्याव्सन एवं त्रिवेणी युवाक्लव र मस्र्याङ्दी युवाक्लव, मानव सेवा आश्रम, प्रदेश अस्पताल, जिल्ला कराते संघ लगायतले बेसिशहरमा सम्मान गरेका हुन् ।

कार्यक्रम ल्याण्डस्टार बोर्डिङ स्कुल, युनिभर्सल एकेडमीका विद्यार्थीहरुलाई समेत लगिएको थियो । बालबालिका फुटवल खेलप्रति निकै आकर्षित हुने हुँदा फुटवल खेलाडी साम्बासगँ भेट गर्न पाउँदा निकै खुशी भएका थिए ।

विभिन्न ठाउँमा भएका कार्यक्रममा साम्बालाई सम्मान गरी उनको फुटबल खेलको सुरुवाती र सङ्घर्षको अनुभव आदान प्रदान गरिएको थियो । लमजुङको मस्र्याङदी गाउँ पालिकाको सिम्पानीमा जन्मेकी साम्बाले खुदीमा फोटो सहितको साम्बा चोक घोषणा गरेपछि पहिलो पटक गृह जिल्ला आएकी हुन्।

महिला राष्ट्रिय फुटवल टिमकी क्याप्टेन सावित्रा भण्डारीले फुटबल खेलको माध्यमबाट जिल्ला तथा देशलाई नै बिश्वसामु चिनाउन सफल भएकी छन् । भण्डारीले नेपाल महिला राष्ट्रिय टोलीका लागि ६० खेल खेलेकी छन् र अहिले सम्म ६६ गोल गरिसकेकी छिन् ।