त्रिवेणी कपमा सोमबार २ टिम क्वाटर फाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १४ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहरमा शनिबारदेखि सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सोमबार दुई खेल सम्पन्न भएको छ ।

सोमबारको भएको पहिलो खेलमा लालीगुराँस युथ क्लब, भुजुङले ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब लालीगुराँसले सेमिफाइनल प्रवेश गर्न ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ।

त्यस्तै सोमबारको दोस्रो खेलमा ठाडाराई अधिकारी समाज लमजुङ र समाज कल्याण विच भएको खेलमा निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा २ विरुद्ध गोल गर्दै ४ गोल गर्दै ठाडाराई अधिकारी समाज लमजुङ क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्रिवेणी क्लवले पुस १५ तथा तमु ल्होसारको अवसरमा बेसीशहरमा त्रिवेणी साँझ तथा फुड फेस्टिबलको आयोजना गरेको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजक त्रिवेणी युवाक्लवले जनाएको छ ।