समाचार

पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनक अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति… पुरा पढौ

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरेको हो भने सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५ः४० मा पक्राउ गरेको हो । नयाँ सरकार गठन भएपछि, मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो। आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी प्रदर्शनको घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। पूर्व गृहमन्त्री रमेश लेखक शुक्रबार नयाँ सरकार… पुरा पढौ

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृहमन्त्री बनेका छन्।१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग… पुरा पढौ

सुन्दरबजारमा सरसफाई सम्बन्धी सामग्री वितरण

स्टे अप र स्केल अप परियोजना अन्तर्गत नमुना सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नं. ४ मा आयोजना गरिएको हो । पाउँदी अन्तर आमा समूहकी अध्यक्ष साबित्रा नौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुल ६० जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मनोबिमर्शदाता शोभा ठकुरीको नेतृत्वमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। मेडिकल अधिकृत डाक्टर विवेक पौडेलले नसर्ने रोगका कारण, लक्षण तथा रोकथामका उपायबारे… पुरा पढौ

२० वर्षिय सरुको दुवै मृगौला फेल, रकम अभावमा उपचारमा समस्या

लमजुङको बेसीशहर ४ झक्रे घर भएकी २० वर्षिय सरुको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या भएको छ । हाल तीन महिना अघिदखि विरामी परेकी सरु मगर गुरुङको मृगौला फेल भएको थाहा पाएपछि विगत १ महिना अघिदेखि भारतको हिम्स अस्पतालमा उपचाररत छन् । कामको सिलशिलामा भारत पुगेकी सरु र उनका श्रीमान् ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । एक्कासी विरामी परेपछि अस्पताल भर्ना हुनुपरेको र उनका आफू पनि विरामी श्रीमतीको रेखदेख गर्दा काम गर्न नपाएको र श्रीमान् हेमन्त गुरुङले बताए… पुरा पढौ

प्रदेश अस्पतालमा ६ महिनामा ६० जनाले लगाए रेविज भ्याक्सिन

प्रदेश अस्पताल बेसीशहर लमजुङमा ६ महिनाको अवधिमा ६० जना भन्दा धेरैले रेविज भ्याक्सिन लगाएका छन् । कुकुर तथा अन्य जनावरको टोकाइका घटनापछि जिल्लावासीहरू रेविज विरुद्धको खोप लगाउन अस्पताल पुग्ने क्रम बढ्दै गएको छ । प्रदेश अस्पताल लमजुङ मा पछिल्ला दिनहरूमा दैनिक औसत ४ देखि ५ जना बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेको अस्पतालका मेसु शिशिर देवकोटाले बताउनुभयो । ६ महिना अघि गण्डकी प्रदेशमै पहिलो पटक प्रदेश अस्पताल लमजुङले निशुुल्क रेविज भ्याक्सिन र योसगैं लगाइने इमिन्यू ग्लोबुलिन खोप सुरु गरेको… पुरा पढौ

लमजुङमा ९ उम्मेदवारको जमानत जफत

लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका १२ जनामध्ये ९ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उमेदवारहरुको जमानत जफत भएको हो । एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ स्वतन्त्र सहित १२ जनाले उमेदवारी दर्ता गराएका थिए । जसमा जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ मात्रै रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा हरेक उम्मेदवारले १० हजार… पुरा पढौ

लमजुङमा समानुपातिक प्रणालीतर्फ पनि रास्वपा प्रथम

लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पनि दोब्बर मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको अन्तिम मतपरिणाम अनुसार रास्वपाले चुनाव चिन्ह घण्टीमा ३४ हजार ५ सय ७५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । कुल १ लाख ३८ हजार २ सय ५२ मतदाता रहेकोमा ७६ हजार २ सय ८९ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ३ सय ३७ मत सदर भएका छन् भने १ हजार ९… पुरा पढौ

लमजुङमा दोब्बर मतान्तरले रास्वपाका धर्म केसी विजय

लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी दोब्बर मतान्तरले निर्वाचित भएका छन् ।विजयी भएका केसीसगँ १७ हजार २२ मत अन्तरले नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । लमजुङ जिल्लामा कुल ७५ हजार ४ सय ६० मत खसेकोमा केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका… पुरा पढौ

लमजुङमा अघि बढ्यो रास्वपा

लमजुङको जिल्ला पछिल्लो मतगणनाको परीणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । रास्वपाका धर्मराज केसीले ७१ सय ९२ मत प्राप्त प्राप्त गरेका छन् । कांग्रेसका गमप्रसाद गुरुङले ५६ सय ४२ मत ल्याएका छन् । त्यस्तै नकपा एमालेका पृथ्वी सुब्बा गुरुङले ५१ सय ८८ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार हरिजङ तामाङले ८ सय ४२ मत प्राप्त गरेका छन् । लमजुङमा पहिलो चरणमा दुधपोखरी गाँउपालिकाबाट मतगणना सुरु गरिएको थियो । दुधपोखरीमा नेपाली काग्रेंसले अग्रता लिएको थियो भने क्होलासोथर… पुरा पढौ