समाचार

कांग्रेस लमजुङको १० गतेको निर्वाचन स्थागित, नयाँ तालिका सार्वजनिक

लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङ जिल्लाको निर्वाचन कार्यक्रमको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि असोज १० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम भारी वर्षाको सम्भावना र केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार स्थगित गरिएको थियो। निर्वाचन अधिकृतको कार्यालय लमजुङका अनुसार अब असोज १२ गते उम्मेदवारी मनोनयन दर्ता र असोज १३ गते मतदान हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत अधिवक्ता सन्तोषमणि लामिछानेद्वारा जारी सूचनाअनुसार महाधिवेशन प्रतिनिधि, गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रीय कार्यसमिति क र ख को निर्वाचन प्रक्रिया बेसीशहर… पुरा पढौ

लमजुङका आठै पालिकामा कांग्रेसको नेतृत्व चयन

लमजुङ । नेपाली कांग्रेस लमजुङले जिल्लाका आठवटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। पालिका अधिवेशनबाट सातवटा पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने मध्यनेपाल नगरपालिकामा मतदानमार्फत सभापति चुनिएका छन्। अधिवेशनबाट बेसीशहर नगरपालिकाको सभापतिमा पूर्णबहादुर थापा र सुन्दरबजार नगरपालिकाको सभापतिमा उत्तम गुरुङ निर्विरोध चयन हुनुभएको छ। त्यस्तै मर्स्याङ्दी गाउँपालिकाको सभापतिमा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा कमल धिताल र क्व्होलासोथार गाउँपालिकामा राजु गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। राइनास नगरपालिकाको सभापतिमा नुरराज कडरिया पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ। मध्यनेपाल नगरपालिकामा… पुरा पढौ

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

चितवन । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्नुका साथै थप जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको थियो। तर वर्षा नरोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन रोकिएको हो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण जोखिम बढेको र यात्रुको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गरिएको प्रशासनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकमा दैनिक १०… पुरा पढौ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत चेतावनी भएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनसँगै पूर्वाधार, जलविद्युत् आयोजना र सर्वसाधारणको जनजीवनमा क्षति पुगेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले त्यसको गम्भीर असर भोगिरहेको उहाँको भनाइ थियो। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, तीव्र गतिमा पग्लिरहेका हिमनदी र… पुरा पढौ

भारी वर्षा र विपद्को जोखिममा असोज ८ र ९ गते विद्यालय बन्द गर्न सकिने

काठमाडौँ, शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा, हिमपात तथा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ। यसबाट बाढी,… पुरा पढौ

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुङ्ग्याउन मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा सचिवालयका पदाधिकारीसँग छलफल गर्दै एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको हो। शिक्षा नियमावलीको दशौँ संशोधनपछि देखिएका समस्या तथा सरोकारवालाबाट आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसम्बन्धी जटिलतालगायत विषयमा आवश्यक… पुरा पढौ

बेसीशहर नगर कांग्रेसको सभापतिमा पूर्णबहादुर थापा

लमजुङ — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बेसीशहर नगर कार्य समितिको अध्यक्षमा पूर्णवहादुर थापा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न अधिवेशनले नगर सभापति सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नगर समितिको उपसभापतिमा राधा तिवारी र गौबहादुर गुरुङ, सचिवमा कृष्ण भुजेल तथा सहसचिवमा दिलमाया रिमाल सर्वसम्मत चयन हुनुभएको छ । खुला सदस्यतर्फ अर्जुन लोहनी र शैलेज जोशी चयन हुनुभएको छ । नगर कार्यसमिति सदस्यमा लक्ष्मी क्षेत्री, पूर्णबहादुर गुरुङ, निजु राई, भरतबहादुर परियार, गुनमाया गुरुङ, रसबहादुर भुजेल,… पुरा पढौ

नेपाल प्रेस युनियन लमजुङको अध्यक्षमा निरज अधिकारी

नेपाल प्रेस युनियन लमजुङ शाखाको ८ औं अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनले कार्यसमितिका साथै केन्द्रीय र प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा जिवी घिमिरे र दिलु तामाङ, सचिवमा विराट न्यौपाने, सहसचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानियाँ चयन भएका छन्। त्यस्तै खुला सदस्यमा सञ्जय गुरुङ, महिला सदस्यमा शोभा ठकुरी र आदिवासी जनजाति सदस्यमा सोमराज गुरुङ चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधीमा रामजी राना, शान्ता कमली, सृजना बराल, आश बहादुर गुरुङ, ऋषि… पुरा पढौ

सरकारी ‘स्टप अर्डर’ कार्यान्वयन माग्दै मर्स्याङ्दी बचाउ अभियानको धर्ना

लमजुङको बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकालाई प्रभावित बनाउँदै निर्माणको तयारीमा रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको काम रोक्न माग गर्दै मर्स्याङ्दी बचाउ अभियानले सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा एक घण्टा धर्ना दिएको छ। अभियानको आयोजनामा भएको धर्नामा स्थानीयवासी, सरोकारवाला तथा अभियानमा आबद्ध व्यक्तिहरू सहभागी भएका थिए। सहभागीहरूले सरकारले २०८३ असोज ५ गते मर्स्याङ्दी बेँसी हाइड्रोपावर बन्द गर्ने गरी दिएको आदेश तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। अभियानका संयोजक रामबहादुर थापाको नेतृत्वमा गएको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र… पुरा पढौ

जिल्ला भलिबल संघ लमजुङको अध्यक्षमा दिवाकर बराल सर्वसम्मत

जिल्ला भलिबल संघ लमजुङको तेस्रो अधिवेशनबाट दिवाकर बराल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सोमबार बेँसीसहरमा सम्पन्न संघको अधिवेशन तथा भेलाले बेँसीसहर नगरपालिका–७ का बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट मत्स्याङ्दी गाउँपालिका–६ का मिनप्रसाद खली उपाध्यक्षमा, मर्स्याङ्दी गाउँपालिका–४ का रवि थापा महासचिवमा, बेँसीसहर नगरपालिका–३ का तिलक दुलाल सचिवमा र बेँसीसहर नगरपालिका–७ की संगीता गुरुङ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा बेँसीसहर–६ का इन्द्र अधिकारी र राजकुमार राउत, बेँसीसहर–८ का ईश्वर दर्लामी, क्व्होलासोथार गाउँपालिकाका ओमप्रसाद गुरुङ, दोर्दी गाउँपालिका–५… पुरा पढौ