समाचार

हिमलुङ हिमालमा थप तीन शव फेला, अझै ९ जना बेपत्ता

फोटो एआइद्धारा निर्मित मनाङको हिमलुङ हिमालमा जारी खोज तथा उद्धार अभियानका क्रममा बुधबार थप तीन जनाको शव फेला परेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो। हिमलुङ बेसक्याम्पबाट ल्याइएका तीनै शव बुधबार दिउँसो करिब ४ः४२ बजे चामे ल्याइएको थियो। शव चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए। गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा मनाङमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मनाङको चामेमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चामे पुगेका मुख्यमन्त्री पाण्डेले सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले मर्स्याङ्दी नदीमा बाढीपहिरोसँगै थुप्रिएको लेदो, बालुवा, गिटी, ढुंगा तथा गेग्र्यान हटाउने कामबारे जानकारी लिएका थिए। बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेको र आवागमन प्रभावित भएको अवस्थामा तत्काल आवश्यक काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित नागरिकका… पुरा पढौ

राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७६र७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान तोकिएको प्रक्रियाअनुसार खर्च तथा फिर्ता नगरेको आरोपमा मुद्दा दायर गरिएको हो। प्रतिवादी बनाइएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, रोजगार संयोजक शेखरनाथ न्यौपाने, लेखापाल नवीनकुमार बराल तथा विभिन्न वडाका तत्कालीन जनप्रतिनिधिहरू रहेका छन्। अख्तियारका अनुसार आर्थिक वर्षको अन्त्यसम्म खर्च नभएको सशर्त… पुरा पढौ

बाढी–पहिरोले मनाङमा क्षति बढायो, मर्स्याङ्दी थुनिएपछि बन्यो ७५ मिटर लामो ताल

पछिल्ला तीन दिनदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले मनाङमा जनजीवन प्रभावित बनाएको छ। बाढी–पहिरोका कारण चामे गाउँपालिकाका घर तथा संरचनामा क्षति पुगेको छ भने नार्फा भूमि गाउँपालिकाको हिमलुङ बेस क्याम्पमा पुगेका केही व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार चामे गाउँपालिका–५ का नौ घर डुबानमा परेका छन्। त्यस्तै चामे–४ मा चार घर, एउटा चर्च र एउटा गोठ बाढीले बगाएको छ। नार्फा भूमि गाउँपालिका–५ स्थित हिमलुङ बेस क्याम्प पुगेका २८ जनामध्ये… पुरा पढौ

लमजुङमा वर्षाले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन, पुलदेखि सडकसम्म निरीक्षण

लमजुङ। असोज ९ देखि ११ गतेसम्म परेको भारीदेखि अति भारी वर्षाका कारण लमजुङमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको नेतृत्वमा गएको टोलीले बेंसीसहर नगरपालिका–१ उदिपुर र वडा नं। ११ चिती जोड्ने पुलको उदिपुरतर्फ भासिएको जमिनको निरीक्षण गरेको हो। जमिन भासिएपछि उक्त पुलबाट ठूला सवारीसाधनको आवतजावत रोकिएको छ। टोलीले पुलको जीर्ण तथा भत्किएको भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबारदेखि मर्मतको प्रक्रिया… पुरा पढौ

उत्पादन, रोजगारी र उद्यमलाई केन्द्रमा राख्ने कांग्रेसको अवधारणा अघि सार्दै जितेन्द्र विक्रम शाहीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। नर्वेमा लामो समयदेखि व्यवसाय, सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न शाहीले आफ्नो उम्मेदवारीसँगै ‘अबको कांग्रेस स् उत्पादन, रोजगारी र समृद्धिको कांग्रेस’ भन्ने अवधारणा अघि सारेका छन्। शाही नेपाली जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति भइसकेका छन्। २०२५ मा सम्पन्न समितिको पाँचौँ अधिवेशनले उनलाई निवर्तमान सभापतिको रूपमा बिदाइ गर्दै पारस मणि मिश्रलाई नयाँ सभापति चयन गरेको थियो। सोही अधिवेशनबाट शाही १५औँ महाधिवेशनका लागि महासमिति सदस्यमा समेत… पुरा पढौ

गुट–उपगुटभन्दा माथि उठेर सहमतिमा नेतृत्व चयन गर्न कांग्रेसका पालिका सभापतिहरूको अपिल

नेपाली कांग्रेस लमजुङका आठवटै पालिका सभापतिहरूले आसन्न क्षेत्रीय अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर पार्टीको हितलाई केन्द्रमा राख्दै सहमतिबाट नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। पालिका र वडा अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेस लमजुङमा अब क्षेत्रीय अधिवेशन तथा अधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गतेबाट सुरु हुने भनिएको प्रक्रिया दुई दिन पछि सारिएपछि हो। आज १२ गते मतदाता नामावली दर्ता तथा अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको छ भने असोज १३ गते निर्वाचन प्रक्रिया अघि… पुरा पढौ

मर्स्याङ्दीमा बाढीको बहाव बढेपछि दुई ठूला जलविद्युत् आयोजना बन्द

मर्स्याङ्दी नदीमा पानीको बहावसँगै लेदो र बालुवा बढेपछि लमजुङका दुई ठूला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन्। ७० मेगावाटको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले आइतबार बिहान ४ बजेदेखि उत्पादन रोकेको हो। बाँधमा लेदो र बालुवा थुप्रिँदै गएपछि जोखिम बढेकाले आयोजनाका तीनवटै ढोका खोलिएको केन्द्रप्रमुख तारादत्त भट्टले बताए। यसअघि शनिबार पनि आयोजनाले दुई पटक ‘सर्ट डाउन’ गरी बाँधमा जम्मा भएको बालुवा हटाएको थियो। नदीको बहाव नघटेसम्म र लेदो नहटेसम्म उत्पादन पुनः सुरु गर्न नसकिने आयोजनाले जनाएको छ। त्यस्तै, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी… पुरा पढौ

संघर्षदेखि उम्मेदवारीसम्म: तीर्थ बहादुर थापाको राजनीतिक यात्राको कथा

नेपाली कांग्रेससँगको सम्बन्ध तीर्थ बहादुर थापा लागि केवल राजनीतिक आबद्धताको विषय होइन, यो उहाँको जीवनको लामो संघर्ष, आन्दोलन, संस्कृति र सामाजिक योगदानसँग जोडिएको यात्रा हो। विद्यार्थी जीवनदेखि सुरु भएको उहाँको राजनीतिक यात्रा विभिन्न आन्दोलन हुँदै नेपाली कांग्रेसको सांस्कृतिक अभियानसम्म पुगेको छ। हाल आफू नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि लमजुङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेको स्पष्ट पार्दै थापाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आगामी असोज १६ गतेबाट काठमाडौं हुने केन्द्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने इच्छा रहेको बताउनुभयो ।… पुरा पढौ

“ए मर्स्याङ्दी नदी”

हिजोसम्म तिमी सङ्लो थियौ,आज धमिलो भएर आयौ,लड्दै–बढ्दै, ड्याङडुङ गर्दै,कुन वेग लिएर ओर्लिएर आयौ ? यसरी उर्लिएर आउँदातिमीलाई पनि कतै दुख्छ होला,तर तिम्रो यो उग्र रूप देख्दामानव बस्तीको मुटु झन् कति दुख्छ होला ! तिमीलाई त आफ्नै बाटो थाहा छ,आफ्नै सुर छ, आफ्नै ताल छ,जतिसुकै रूप फेरिएर आए पनिहामीलाई त तिम्रो मायामै विश्वास छ ! तर ए मर्स्याङ्दी‘भोटेकोसीझैँ बौलाएर नआइदेऊ,किनारका सपना,घरका आँगन,मान्छेका खुसीहरूआफूसँगै बगाएर नलैजाऊ ! तिमी आफ्नै सुरमा बगिरहनू,आफ्नै तालमा गीत गाइरहनू,पहाडका काख हुँदैसमुद्रतिरको यात्रामा लागिरहनू ! तर बिन्ती छ।।।मानव… पुरा पढौ