समाचार

नेपाल पत्रकार महासङ्घ लमजुङको १७ औँ साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १७ औँ साधारणसभा सुन्दरबजारमा सम्पन्न भएको छ। महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य टकबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साधारणसभामा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुरबहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ,… पुरा पढौ

एआई प्रविधिमा शिक्षकलाई दक्ष बनाउँदै युनिभर्सल एकेडेमी, विशेष कार्यशाला सम्पन्न

लमजुङ, बेसीसहर नगरपालिका–७ स्थित युनिभर्सल एकेडेमीले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको छ। शिक्षण–सिकाइलाई आधुनिक, प्रविधिमैत्री र थप प्रभावकारी बनाउने लक्ष्यसहित आयोजित कार्यशालामा विद्यालयका शिक्षकहरूले एआईको शैक्षिक प्रयोगबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। कार्यशालामा पाठ योजना तयार गर्ने, आकर्षक शिक्षण सामग्री निर्माण गर्ने, विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने, सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने तथा दैनिक कक्षाकोठा व्यवस्थापनमा एआईको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। सहभागी शिक्षकहरूले… पुरा पढौ

स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थी भन्छन् अब घोक्नुपर्दैन, भिडियो हेरेरै बुझिन्छ,परम्परागत शिक्षण शैलीमा भयो ब्रेकथ्रु

आफ्नो स्कुलमा डिजिटल कक्षा सुरु भएपछि लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्। कक्षा १० मा अध्ययनरत छात्र अरुण बिकले आफ्नो अनुभव सुनाउँदै भन्छन्, पहिला सरहरूले बोर्डमा लेखेर वा भनेर पढाउँदा कतिपय कुरा बुझिँदैनथ्यो र दिमागमा पनि बस्दैनथ्यो। अहिले स्मार्ट कक्षामा सिनेमा हेरेझैँ भिडियोमार्फत पढ्न पाइन्छ। गणितमा पहिला सूत्रहरू घोक्नुपथ्र्यो, अहिले त्यो सूत्र कसरी बन्यो भनेर ‘भिजुअलाइजेशन’ गर्न सकिन्छ। विज्ञानका रासायनिक प्रतिक्रिया र इतिहासका घटनाहरूलाई आँखा अगाडि भिडियोमा हेरेर अनुभव गर्न पाउँदा सिकाइ सजिलो भएको… पुरा पढौ

क्व्होलासोथार गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

लमजुङको क्व्होलासोथार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना गाउँपालिका घोषणा गरिएको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सूर्यप्रसाद गुरुङले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुभएको हो। पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुअघि गाउँपालिकाले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमले तोकेका सबै मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ। नियमित खोप लगाउने उमेर समूहका सबै बालबालिकाको अभिलेख अद्यावधिक गरिएको, कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरिएको, स्वास्थ्य संस्थाको तथ्याङ्क तथा… पुरा पढौ

वर्षायामसँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन वृद्धि

वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन उल्लेखनीय रूपमा बढेको छ। केही समयदेखि न्यून उत्पादन गरिरहेका अधिकांश आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। जिल्लाको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मध्य मर्स्याङ्दी ‘ए’ आयोजना पनि पूर्ण क्षमतामै सञ्चालनमा रहेको छ। पानीको बहाव बढेसँगै अन्य जलविद्युत् आयोजनाहरूको उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ। ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला,… पुरा पढौ

रातिको समयमा लमजुङका २ वटा सडकखण्डमा सवारी बन्द हुने

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि लमजुङ जिल्ला सुरक्षा समितिले बेँसीसहर–चामे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको असार १४ गतेको मनसुनसम्बन्धी बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कता सन्देशलाई आधार मानेर उक्त निर्णय गरिएको हो। निर्णयअनुसार असार १६ गतेदेखि असार मसान्तसम्म रातिको समयमा तोकिएका सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ।बन्द हुने सडकखण्डमा डुम्रे–बेँसीसहर–चामे सडकको बेँसीसहरदेखि… पुरा पढौ

दोर्दी गाउँपालिकाद्वारा ६७ करोड ७२ लाखको बजेट पारित

लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३\८४ का लागि ६७ करोड ७२ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको छ।गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत असार १० गते बसेको पहिलो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको दोस्रो बैठकले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै सर्वसम्मतिले पारित गरेको हो। पारित बजेटअनुसार चालु तथा प्रशासनिक खर्चका लागि ८ करोड ६८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडागत चालु तथा पुँजीगत कार्यक्रमका लागि ३ करोड ८३ लाख ५० हजार, स्वास्थ्य तथा आयुर्वेदतर्फ ५४… पुरा पढौ

राष्ट्रिय वृक्षरोपण दिवसमा बाहुनडाँडामा वृक्षरोपण, हरित उद्यानलाई आकर्षक बनाउने लक्ष्य

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमजुङ को आयोजनामा चिसापानी सामुदायिक वनअन्तर्गत निर्माणाधीन हरित उद्यानमा धुपी, जामुन, लालीगुराँस, लालुपातेलगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले वातावरण संरक्षण र भावी पुस्ताको भविष्य सुरक्षित गर्न वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वनजंगलले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, भूक्षय रोकथाम,… पुरा पढौ

मध्य असारमै डढेलोले क्षति

सामान्यतया वर्षायाम सुरु भएसँगै वन डढेलोका घटना कम हुने अपेक्षा गरिन्छ। तर मध्य असारमै हिमाली जिल्ला मनाङमा भने डढेलो लागेको लागेकोे छ । आइतबार मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डे नजिकको ङोरो डाँडामा लागेको डढेलोले करिब साढे २ रोपनी वन क्षेत्र प्रभावित भएको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङका अनुसार बिहान करिब ८ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीयवासी संयुक्त रूपमा खटिएका थिए। आगो दिउँसो नियन्त्रणमा आए पनि पूर्ण रूपमा… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो। गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका… पुरा पढौ