काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले कांग्रेसलाई नयाँ र पुराना पुस्ताबीचको पुलका रूपमा अघि बढाउने बताउनुभएको छ। थापाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टी अघि बढ्ने बताउँदै कांग्रेसले लोकतन्त्र, समुन्नति, न्याय र नागरिकको विश्वासको पुल बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले पार्टीको मूल्यांकन स्थापना भएको वर्षले नभई वर्तमानका नागरिकका प्रश्नको उत्तर दिन सक्ने क्षमताबाट हुने बताउनुभयो। उहाँले कांग्रेसको राजनीतिक शैली, भाषा, सोच, संस्कार र कार्यशैलीमा परिवर्तन आवश्यक…
पुरा पढौ