समाचार

मर्स्याङ्दीमा राष्ट्रिय शिक्षा दिवस तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गरिएको छ। त्यस्तै, एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय… पुरा पढौ

शिक्षा दिवसमा उत्कृष्ट नतिजा ल्याउने १७ विद्यार्थी सम्मानित

लमजुङ । राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा बेसीशहर नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई सम्मान गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आधारभूत तहस्तरीय परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो। कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउने ४ जनासहित ६ जना, एसईईमा ४ जीपीए ल्याउने ५ जनासहित ७ जना र कक्षा १२ मा उत्कृष्ट… पुरा पढौ

मध्यनेपाल नगरपालिकाबाटै करदाता सेवा, अब दमौली धाउनुपर्ने बाध्यता घट्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाको कार्यालयबाटै करदाता सेवा प्रवाह सुरु गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौलीसँग भएको समझदारीपत्र अनुसार नगरपालिकाले २०८३ असोज ९ गतेदेखि करदाता सेवासम्बन्धी काम सुरु गरेको हो। नगरपालिकाले जारी गरेको सूचनाअनुसार अब नगरवासीले नगरपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर जारी गर्ने, व्यवसायलाई आयकरमा दर्ता गर्ने, कारोबार थप गर्ने तथा प्यान दर्तासम्बन्धी संशोधन गर्न सक्नेछन्। त्यस्तै, दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने सेवासमेत नगरपालिकाबाटै उपलब्ध हुनेछ। नगरपालिकाका अनुसार माथि उल्लिखित सेवाका लागि आवश्यक… पुरा पढौ

भरुवा बन्दुक प्रकरणमा नयाँ तथ्य : पक्राउ परेका विश्वकर्मासँग मर्मतको इजाजतपत्र

लमजुङ । राइनास नगरपालिका–९ साउनेपानीमा भरुवा बन्दुक तथा त्यसका सामग्री बरामद गरी दुई जनालाई पक्राउ गरिएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। पक्राउ परेका प्रेम बिनोद कामी विश्वकर्माको नाममा जिल्ला प्रशासन कार्यालय, लमजुङबाट हातहतियार तथा खरखजाना मर्मतसम्बन्धी इजाजतपत्र जारी भएको कागजात भेटिएको हो। यसअघि भदौ २७ गते गोप्य सूचनाका आधारमा प्रहरीले विश्वकर्माको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा बन्दुकको बट आकारका काठ ५ थान, ब्यारेल नभएका पुराना भरुवा बन्दुक ४ थान, बट मात्र भएका पुराना भरुवा बन्दुक ४ थान र… पुरा पढौ

घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा दुई पक्राउ

एआइ निर्मित फोटो लमजुङको राइनास नगरपालिका–९ साउनेपानीमा घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विक रहेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी तार्कुघाटबाट खटिएको संयुक्त टोलीले विश्वकर्माको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरबाट बन्दुकका बट बनाउन तयार पारिएका काठ ५ थान, ब्यारेल नभएका पुराना… पुरा पढौ

सुरुङभित्र फसेकाको उद्धारमा खटिएका सागर ढकालमाथि ‘विदेशी एजेन्ट’ आरोपको दिए जवाफ

रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा सांसद एवं इन्जिनियर सागर ढकाल निरन्तर खटिरहेका छन्। जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच उनी प्राविधिक टोलीसँगै उद्धार कार्यमा सक्रिय छन्। जलविद्युत्, पानी तथा पूर्वाधारसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका ढकाल विपद्का बेला राजनीतिक भूमिकाभन्दा प्राविधिक ज्ञान र अनुभवलाई प्रयोग गर्दै उद्धारमा जुटेका हुन्। सुरुङभित्र फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने प्रयासमा उनीसहितको टोली लामो समयदेखि घटनास्थलमै रहेर काम गरिरहेको छ। तर, उद्धार अभियानमा सक्रिय भइरहेका बेला सामाजिक… पुरा पढौ

यस वर्षको तीज: उत्सवभन्दा पीडितको साथमा नेपाली महिला

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ। विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने, पूजाआजा गर्ने र माइती तथा साथीभाइसँग भेटघाट गर्ने भएकाले तीजलाई महिलाको भावना, सम्बन्ध र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। तीजका अवसरमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने तथा विभिन्न शिवालयमा पुगेर पूजाआजा गर्ने गर्छन्। यस दिन देशका प्रमुख शिवालयहरूमा महिलाहरूको ठूलो भीड… पुरा पढौ

यस वर्षको तीज, दरभन्दा ठूलो बन्यो दुःखमा साथ

हरितालिका तीज नेपाली महिलाहरूको आफ्नै भावना, संस्कार र आत्मीयतासँग जोडिएको पर्व हो। तीजको अघिल्लो दिन खाने ‘दर’ यस पर्वको महत्वपूर्ण परम्परामध्ये एक हो। तर, यस वर्षको तीजमा दरको अर्थ र उत्सवको स्वरूप केही फरक देखिएको छ। तीजको व्रतका लागि शरीरलाई आड र शक्ति मिलोस् भन्ने उद्देश्यले व्रतको अघिल्लो दिन दर खाने परम्परा बसेको मानिन्छ। दूध, दही, घिउ, खिर, ढकने, सेलरोटी, फलफूललगायत ठाउँ र समुदायअनुसार विभिन्न पौष्टिक तथा मीठा परिकार दरका रूपमा खाने गरिन्छ। परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने, दिदीबहिनी… पुरा पढौ

बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा

काठमाण्डौ – भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने निर्णय गरेको छ । गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।… पुरा पढौ

राष्ट्रिय युवा संघ लमजुङको अध्यक्षमा प्रदीप घिमिरे सर्वसम्मत

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको अध्यक्षमा प्रदीप घिमिरे सर्वसम्मत चयन भएका छन्। भोटेओडारमा शनिबार सम्पन्न संघको ११औँ जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा विकास तामाङ, सचिवमा विनायक दवाडी, कोषाध्यक्षमा खेमेन्द्र गुरुङ तथा सहसचिवमा खेम घले र ईश्वर दर्लामी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सलिन लोहनी, कृष्ण थापा, सुदिप पन्त, धनबहादुर गुरुङ, सन्दिप अर्याल, सुरज गुरुङ, यादव गुरुङ, सुलव पाण्डे, केशबहादुर गुरुङ, पवन रेग्मी, प्रदीप गुरुङ, सुदिप भण्डारी,… पुरा पढौ