समाचार

प्याब्सन लमजुङको अध्यक्षमा ईश्वर पौडेल विजयी

निजी तथा आवासिय विद्यलालय अर्जनाईजेसन (प्याब्सन) लमजुङको अध्यक्षमा ल्याण्डस्टार बोर्डिङ स्कुल बेसीशहरका प्रिन्सिपल ईश्वर पौडेल विजयी हुनु भएको छ । विहिबार बेसीशहरमा भएको प्याब्सनको १२ औं अधिवेसनले पौडेलको संयोजकत्वमा ११ सदस्यिय कार्य समिति सर्वसम्वत रुपमा चयन गरेको हो । अध्यक्ष ईश्वर पौडेल नवगठित कार्य समितिको उपाध्यक्षमा यूनिभर्सल बोडिङ स्कुलका प्रिन्सिपल बिमल अधिकारी, सचिवमा भूपू सैनिक बोर्डिङका प्रिन्सिपल बिनोद गुरुङ, कोषाध्यक्षमा हिमचुली बोर्डिङका रामचन्द्र भण्डारी चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा अर्थली प्याराडाइज बोर्डिङका प्रिन्सिपल उद्दब घिमिरे, प्रमोद अधिकारी, सागर चुडाल,… पुरा पढौ

लमजुङ प्रहरीद्वारा १ सय १२ थान हरियार बरामद

जिल्ला प्रहरी कार्यालय लमजुङले गैरकानुनी हातहतियार १ सय १२ थान बरामद गरेको छ । बरामद गरिएका हतियारमा एकनाले भरुवा बन्दुक, दुईनाले भरुवा बन्दुक र बारबोर हर्नेट रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका उक्त हतियार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । ५ वर्षसम्म लगातार नवीकरण नगरेका हतियार स्वतः गैरकानुनी मानिने हुँदा यस्ता हतियार बुझाउन सूचना जारी गरिएको थियो । कतिपयले हामीलाई सूचना गरेर बुझाए भने कतिपय हतियार हामीले नै बरामद गरेको प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले… पुरा पढौ

प्रथम मध्यनेपाल महोत्सव सुरु, नेपालकै मध्यबिन्दु भानुभक्त घाँसी सम्वाद स्थल पर्यटनसँग जोडिने

उत्पादन पर्यटन प्रबद्र्धन स्थानीय कला संस्कृतिको उत्थान भन्ने नाराका साथ मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले लमजुङमा प्रथम मध्यनेपाल महोत्सव २०८१ सुरुभएको छ । उक्त महोत्सव पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव सुरु हुनुअघि मध्यनेपालका विभिन्न स्थानबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईको आयोजना र मध्यनेपाल नगरपालिका संरक्षक रहेको उक्त महोत्सव मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले उदघाटन गर्नुभयो । नेपालकै मध्यबिन्दुमा रहेको दुईपिप्लेको ऐतिहासिकतालाई प्रचार प्रसार… पुरा पढौ

शिक्षा क्षेत्रले आशातित उपलब्धी दिन सकेनः सञ्चारमन्त्री गुरुङ

नेपाल सरकारका सूचना सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकको ठूलो धनराशी खर्चिएको शिक्षा क्षेत्रले आशातित उपलब्धी दिन नसक्दा सरकार चिन्तित रहेको बताउनु भएको छ । उहाँले प्याब्सन लमजुङद्वारा पुस २४ गते आयोजित ३४ औं प्याब्सन दिवसको उद्घाटन गर्दै त्यस्तो बताउनु भएको हो । सञ्चारमन्त्री गुरुङले निजी क्षेत्रका विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा दिएको योगदान प्रसंशनीय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा विधेयक छलफलमा रहेको जानकारी दिदै त्यो लागू भएसँगै शिक्षा क्षेत्रमा देखिएको धेरै अन्योल र निराशाजनक स्थितिको अन्त्य हुने बताउनु भयो ।… पुरा पढौ

फ्युचर स्टार माविको वार्षिक उत्सवको अवसरमा विविध खेलकुद कार्यक्रम

फ्युचर स्टार माध्यमिक विद्यालयको वार्षिक उत्सव अवसरमा विविध खेलकुद कार्यक्रम आयोजना गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्युचर स्टार आवासिय माविको ३१ औं वार्षिक उत्सव तथा २९ औं अभिभावक दिवशको अवसरमा छात्रा भलिवल तथा छात्र बास्केटबल प्रतियोगिताको आयोजन गरिएको हो । ४ टिम सहभागि भएको बास्केटबल प्रतियोगितामा ग्लोवल भिजन बोर्डिङ स्कुल भोटेओडार फुलबारी प्रथम भएको छ । त्यस्तैगरी छात्रा भलिबल प्रतियोगितामा कालिका माध्यमिक विद्यालय तनहुँ प्रथम भएको छ भने भक्ति नमुना मावि भोटओडार द्धितीय भएको… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव काठमाडौं चुम्यो ३२ औं त्रिवेणी कप

लमजुङको सदरमुकाम बेसीशहरमा भएको त्रिवेणी कप फुटवल प्रतियोगितमा ए.पि.एफ फुटबल क्लव काठमाडौंले उपाधी उचालेको छ । शनिबार त्रिवेणी रगंशालामा बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङलाई ट्राईबेकरमा ३ का विरुद्ध ४ गोलले हराउँदै विभागिय टिम ए.पि.एफ फुटबल क्लव काठमाडौले ३२ औं त्रिवेणी कप उचालेको हो । खेल सुरुवातको १२ औं मिनेटमा वि.वाइ.सि का समिर तामाङले गोल गरी अग्रता दिलाएका थिए भने ३० औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका युवराज खड्काले गोल गरी खेललाई बराबरीमा ल्याए ।त्यस्तैगरी दोस्रो हाफ पछिको ५१ औं… पुरा पढौ

अध्यादेशबाट बन्देज लगाएर सहकारी ध्वस्त बनाउने सरकारको खेल होः कमला गिरी

लमजुङ वचत तथा ऋण सहकारी संघको २४ औं साधारण सभा बेसीशहरमा सम्पन्न भएको छ ।सघंका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक समितिका सदस्य कमला गिरी रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गिरीले सुरक्षाका लागि प्रत्येक सहकारीहरु स्तरीकरण कार्यक्रम सञ्चालन गर्ने र सहभागी हुने साथै स्थिरीकरण कोषमा आवद्ध हुनुपर्ने बताउनुभयोे । सरकारले हालै मात्रै ल्याएको सहकारी अध्यादेशको एक दुई बुँदा मात्रै राम्रो भएको र धेरै कुरामा बन्देज लगाएको भन्दै… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव र बुद्ध युथ क्लव भोटेओडार त्रिवेणी कपको फाइनलमा प्रवेश, शनिबार फाइनलमा भिड्ने

ए.पि.एफ फुटबल क्लव काठमाडौं र बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज भएको सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लवलाई १ का विरुद्ध २ गोलले हराउँदै ए.पि.एफ फुटबल क्लव काठमाडौं फाइनलमा पुगेको छ । खेल सुरुवातको २१ औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका हरी कार्कीले १ गोल गर्दै अग्रता दिलाएका थिए भने आयोजक त्रिवेणी क्लवका विदेशी खेलाडि व्याङगरले ६७ औं मिनेटमा १ गोल फर्काएर खेल बराबरीमा पुराए… पुरा पढौ

आयोजक क्लव त्रिवेणी युवाक्लव र बि.वाई.सी भोटेओडार त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

विहिबार भएको त्रिवेणी कपमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहर र बुद्ध युथ क्लव (वि.वाई.सि) भोटेओडार लमजुङ त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आजको खेलमा अभिषेक चर्च रजहरलाई शुन्यका विरुद्ध ६ गोलको फराकिलो गोल अन्तरले हराउँदै आयोजक त्रिवेणी युवाक्लवले सेमिफाइनलको यात्रा तय गरेको हो । घरेलु मैदानमा निकै उत्साहक साथ उत्रिएको त्रिवेणी युवाक्लवका मिलन राईले खेलको ४२ औं मिनेटमा गोल हान्न सुरु गरेका थिए । त्यसपछि सुनिल खड्का र रामचन्द्र माझीले लगातार २⁄२… पुरा पढौ

ए.पि.एफ फुटवल क्लव र टोखा भगवती क्लव त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज ए.पि.एफ र मछिन्द्र क्लव विच भएको खेलमा शुन्यका विरुद्ध ४ गोलको फराकिलो गोल अन्तर मछिन्द्र क्लवलाई हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको २२ औं मिनेटमा हरी कार्कीले, ४३ र ५१ औं मिनेटमा लगातार प्रदिप लामाले २ गोल गरे भने त्यसमा फेरी ५७ औं मिनेटमा युवराज खड्काले एक गोल गरेपछि ए.पि.एफ फुटवल… पुरा पढौ