भीम सुब्बा तामाङ (बाबु साईला) को तेस्रो एकल कला प्रदर्शनी

-


     नयाँ दीप    
     मंसिर २५ गते २०८२ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कलाकार भीम सुब्बा तामाङ (बाबु साईला) को तेस्रो एकल कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । मर्स्याङ्दी गाउँपालिकामा जन्मिएर कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल कलाकारको प्रचारप्रसार होस् र कलाको सम्मान गर्ने उद्धेश्यले एकल कला प्रदर्शनी गरिएको हो ।

उक्त कार्यक्रममा कलाकार भीम सुब्बा तामाङ (बाबु साईला) को करिब २ दर्जन सुन्दर, आकर्षक र उत्कृष्ट कलाहरु प्रदर्शन गरेको थियो, जसमा मस्र्याङ्दी गाउँपालिका सहित लमजुङका प्राकृतिक सुन्दरता झल्किने हिमाल, झरना, खोलानाला, पहरा, लगायतको चित्रहरु रहेका थिए ।

मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कलाकार भीम सुब्बा तामाङ (बाबु साईला) ले गर्नुभएको थियो भने मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ ज्यूको प्रमुख अतिथि रहनुभएको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मस्र्याङ्दी गाउँपालिकाको उत्पादन बाबु साईलाको कलाको मुक्तकन्ठले प्रशंसा गर्नुका साथै आगामी दिनहरुमा गाउँपालिकाले यो भन्दा नयाँ ढंगबाट यस्ता कार्यक्रमहरुको आयोजना गरेर मर्स्याङ्दीको ठिटो बाबु साईलाको कलाहरुको प्रचारप्रसार र विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।