समाचार

बुढीगण्डकीमा भीषण बाढी, ३५ घर बगायो, जगतबाट ६ जनाको हवाई उद्धार

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि लेदोसहितको ठूलो बाढी आएको छ। बाढीले विभिन्न बस्तीका घर तथा पुल बगाउनुका साथै नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रबाट उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ। एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घर छाडेर अग्लो तथा सुरक्षित स्थानमा पुगेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिले बाढी भोटेकोशीमा आएको बाढीजस्तै रहेको बताएका छन्। बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र… पुरा पढौ

एमाले लमजुङ ‘ख’ ले सदस्यता नवीकरण र डिजिटल इन्ट्री तीव्र पार्ने

नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’ ले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र डिजिटल इन्ट्रीलाई तीव्रता दिने निर्णय गरेको छ। शनिबार बेसीशहरस्थित मदन–आश्रित स्मृति भवनमा बसेको बैठकले मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग गर्ने निर्णय गरेको हो। बैठकले वडा र पालिकास्तरसम्म दसैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी संगठनलाई थप सक्रिय बनाउने विषयमा पनि छलफल गरेको छ। बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य जमीन्द्रमान… पुरा पढौ

घटस्थापना: शान्ति पूजा गरेर जमरा राख्न सकिने, अन्यथा द्वितीयामा पनि उत्तम

यसवर्षको बडादसैँको पहिलो दिन घटस्थापना भोलि आइतबार मनाइँदैछ। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले जमरा राख्ने विषयमा विभिन्न चर्चा भइरहेका बेला ज्योतिषीहरूले शास्त्रीय विधिअनुसार पूजा गरेर जमरा राख्न सकिने बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ। चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति पूजा गरेर विधिपूर्वक जमरा राख्नु राम्रो हुने धार्मिक जानकारहरूको भनाइ छ। तर शान्ति पूजा गर्ने विधिबारे जानकारी नभएका वा… पुरा पढौ

चिती कार्किडाँडा सेवा समाजको चाडपर्वलक्षित शुभकामना आदानप्रदान

लमजुङ । श्री चिती कार्किडाँडा सेवा समाज, बेसीशहर लमजुङको चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको वडा दशैं, दिपावली, छठ तथा नेपाल सम्वदको असवरमा बेसीशहर नगरपालिका–८ स्थित हुलाकी भवनमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, अतिथि सदस्य तथा पूर्वपदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा समाजका अध्यक्ष शिवराम सिलुवालले संस्थाका गतिविधिबारे जानकारी गराउँदै चाडपर्वले हर्षोल्लाससँगै एकता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने बताउनुभयो । समाजले अपेक्षाअनुसार सबै काम गर्न नसके पनि संस्थाको सक्रियता र सामाजिक प्रभाव सकारात्मक रहेको उहाँको भनाइ… पुरा पढौ

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार ५४ मत बदर भएका छन् । सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ९६.२ प्रतिशत मत खसेको थियो । पार्टीका विभिन्न २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए । यसैबीच, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल… पुरा पढौ

भोलिदेखि मौसममा सुधार आउने, सोमबार रातिदेखि वर्षाको सम्भावना न्यून

देशभर भोलिदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण–पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। विभागका अनुसार आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो २४ घण्टामा सिराहामा सबैभन्दा धेरै १०३ दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा… पुरा पढौ

बाढीपीडितलाई विद्युत् महसुलमै जरिवाना र भ्याट

फोटो एआइबाट निर्मित काठमाडौं । भोटेकोशी बाढीबाट घरबार गुमाएर विस्थापित भएका पीडितमाथि नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको जरिवाना र भ्याटसमेत थपेर बिल पठाएको पाइएको छ। भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। कैयौँ घर बगेका छन् भने कतिपय घर पुरिएका छन्। केही स्थानमा विद्युत्का मिटरसमेत बाढीले बगाएको छ। घर नै नरहेपछि विद्युत् प्रयोग गर्न नपाएका पीडितका नाममा समेत महसुल र जरिवाना थपिएपछि उनीहरू थप समस्यामा परेका छन्। कतिपय पीडितले मिटरको लगत कट्टा… पुरा पढौ

अबको बेसीशहर : सम्भावनाबाट समृद्धितर्फ !!

बेसीशहर केवल एउटा नगरपालिका मात्रै होइन, लमजुङको आर्थिक, प्रशासनिक, शैक्षिक, पर्यटन र व्यावसायिक केन्द्र बन्ने ठूलो सम्भावना बोकेको शहर हो। यहाँको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, कृषि, पर्यटन, व्यापार, शिक्षा, युवा जनशक्ति र सांस्कृतिक सम्पदा हाम्रो ठूलो पूँजी हो। तर सम्भावना आफैँ विकासमा रूपान्तरण हुँदैन। त्यसका लागि दूरदृष्टि, स्पष्ट योजना, सक्षम नेतृत्व, इमानदार कार्यान्वयन र निरन्तर जनसहभागिता आवश्यक हुन्छ। अबको बेसीशहर कस्तो बनाउने भन्ने प्रश्न केवल राजनीतिक दल वा जनप्रतिनिधिको मात्र होइन, बेसीशहरका प्रत्येक नागरिकको साझा प्रश्न हो। १. योजनाबद्ध र… पुरा पढौ

चाडपर्व लक्षित यात्रु सहायता कक्ष, लमजुङका पाँच ठाउँमा सञ्चालन

लमजुङ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लमजुङमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्राका क्रममा यात्रुले भोग्न सक्ने समस्या, सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासा र सुझावलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सुन्दरबजार नगरपालिका–७ पाउँदी, सुन्दरबजार–९ सिउँडीबार चोक, मध्यनेपाल नगरपालिका–७ पाखुरीचोक, बेसीशहर नगरपालिका–२ भकुण्डे चालिसेचोक र राइनास नगरपालिका–६ धमिलीकुवा चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन्। यसैबीच बेसीशहर–२ भकुण्डे चालिसेचोकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले यात्रु सहायता… पुरा पढौ

बेसीशहरको क्याम्पसरोडमा १८ व्यवसायको अनुगमन, तीन पसललाई दर्ता गर्न निर्देशन

लमजुङ । चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ क्याम्पसरोड क्षेत्रमा बजार अनुगमन गरिएको छ। बुधबार गरिएको अनुगमनका क्रममा १८ वटा व्यवसायको निरीक्षण गरिएको हो। अनुगमन गरिएका व्यवसायमा १३ वटा किराना पसल, एक होटल, एक फलफूल पसल तथा तीन वटा खाजा तथा चटपटे पसल रहेका छन्। दर्ताबिना सञ्चालनमा रहेका तीन खाजा तथा चटपटे पसललाई सात दिनभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ। अनुगमन टोलीले पसलमा मूल्यसूची राखिएको अवस्था, म्याद गुज्रिएका सामग्रीको बिक्री, खाद्यवस्तुको गुणस्तर, सरसफाइ तथा उपभोक्ता हितसँग सम्बन्धित… पुरा पढौ